कतारमा कोरोनाको जोखिम बढ्न सक्ने भन्दै त्यहाँ रहेका नेपालीलाई सावधानी अपनाउन दूतावासको आग्रह

काठमाण्डौ – कतारमा कोरोनाको जोखिम बढ्न सक्ने भन्दै त्यहाँ रहेका नेपाली श्रमिकलाई सावधानी अपनाउन नेपाली दूतावासले आग्रह गरको छ । कतारमा रहेकाे नेपाली दूतावासले कतारका छिमेकी देशमा कोभिड सङ्क्रमण बढेको भन्दै त्यसको असर कतारमा पनि पर्न सक्ने भएकाले स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेको हो ।

कतार सरकारद्वारा अवलम्बन गरिएका निरोधात्मक उपायहरु जस्तै तोकिएको संख्याभन्दा बढी हुने गरी भिडभाड नगर्ने, मास्कको प्रयोग गर्ने, साबुनपानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने जस्ता सावधानी अपनाउन आग्रह गरेको छ ।

यस्तै वभिन्न अवसरमा पर्व उत्सवहरु मनाउँदा समेत स्थानीय नियम कानून तथा संस्कति अनुरुप मर्यादित ढंगले तथा भिडभाड नगरी मनाउन समेत आग्रह गरेको छ ।