बेलडाँडी-१ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन

रमेश प्रसाद भट्ट/कञ्चनपुर- बेलडाँडी गाउँपालिका वडा नम्बर- १ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । सोमबार बेलडाँडी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयको आयोजनामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको एक कार्यक्रमका माझ उद्घाटन गरिएको हो । आधारभूत रुपमा जनताले पाउने स्वास्थ्य सुविधा अब वडा नम्बर १ का स्थानिय बासिन्दाले आफ्नो घर नजिकैबाट स्वास्थ्य सेवा पाउने भएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस….https://youtu.be/i_foiqILXqo

उद्घाटन समाहरोहका प्रमुख अतिथि समेत रहेका गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले भने “ जनतालाई स्वास्थ्य सेवा सहज र सुलभ ढङ्गबाट घरदैलोमा स्वास्थ्य सेवा दिने भन्ने उद्देश्यका साथ सरकारको निति नियम अनुसार प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ वडा नम्बर १ मा पनि आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना गरिएको बताए ।”

उहाँले भने “जनताले टाढा टाढा गएर औषधी उपचार गर्न जाने समस्याको अन्त्य गरी आफ्नै घर नजिकैबाट स्वास्थ्य सेवा लिनमा जोड दिनु पर्ने कुरामा जोड दिनुभयो ।
वडा नम्बर १ का अध्यक्ष अम्मर बहादुर खत्रीले भने “नेपाल सरकारकोे कार्यक्रम अनुरुप सो आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना गरीएको हो ।” उनले भने “अब सम्पुर्ण वडा वासिलाई आधारभूत स्वाथ्य सेवा केन्द्रबाट सेवा लिन समेत उहाँले आग्रह गर्नु भयो ।”

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस….https://youtu.be/i_foiqILXqo

यसबाट जनतलाई सहजता तुल्याउन सेवा प्रवाहमा स्तरियता दिन वडा कार्यालयबाट गर्न सकिने सहयोगमा कमि नहुने अध्यक्ष खत्रीले बताउनु भयो । वडा नम्बर -१ का अध्यक्ष अम्मर बहादुर खत्रीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि गाँउपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्री, विशिष्ट अतिथिमा उपाध्यक्ष कमला देवी कार्की रहनु भएको थियो । भने अतिथिहरुमा जनप्रतिनिधिहरु र अर्मचारीहरु हरेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस….https://youtu.be/i_foiqILXqo