बेलडाँडीको श्री सिद्ध बैजनाथ बहुउद्देश्यीय सहाकारी संस्थाको साधारण सभा सम्पन्न

रमेश प्रसाद भट्ट/बेलडाँडी-  कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको श्री सिद्ध बैजनाथ बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर २ अवस्थित श्री सिद्ध बैजनाथ बहुउद्देश्यीय सहाकारी संस्थाको साधारण सभा सम्पन्न भएको हो । बुधबार त्रिशुलि प्रा.वि चवन्नी बजारमा सम्पन्न भएको सभा बाट नयाँ कार्य समिति समेत चयन गरिएको छ ।

जसमा क्षितिज भट्टको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति सर्व सम्मत रुपमा चयन भएको सचिव सचिन कठायतले कञ्चनपुर खबरलाई जानकारी दिनु भयो । समितिको उपाध्यक्षमा प्रकाश माली, सचिव सचिन कठायत,कोषाध्यक्ष चित्र राज जोशी रहेका छन् ।

बेलडाँडीको पुरानो सहकारी संस्थाका रुपमा २०६४ स्थापना भएको सो संस्थाले कृषिकलाई कृषि क्षेत्रमा प्रोत्साहान गर्नका साथै अन्य प्रवद्र्धनात्मक कार्यमा काम गदै आएको सचिव कठायतले बताए। उहाँका अनुसार अबका भावि दिनमा अझ सुधारात्मक तवरबाट संस्था अगाडी बढी नयाँ नयाँ कार्यक्रमा जोड दिने उद्येश्य रहेको बताउनु भयो ।

२०६३ सालमा स्थापना भएको सो संस्थालाई थप सुदृढ तवरले सञ्चालन गर्न नयाँ कार्य समितिको चयन गरिएको सचिव कठायतले जनाउनु भयो । संस्थाका अध्यक्ष मदन चन्दको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि प्रेम सिह साउद रहनु भएको थियो । भने कार्यक्रमको सञ्चालन मदनराज उपाध्यायले गर्नु भएको थियो ।