भिमदत्तको दुर्गम बस्ती खल्ला मच्छेटीमा पहिलोपटक विद्युत सेवा सुचारु

डिल्लीराज पन्त/कञ्चनपुर-  जिल्लाकै दुर्गम वस्तिका रुपमा रहेको कञ्चनपुरको भिमदत्त नगरपालिका –९ खल्ला मछेटीमा पहिलो पटक विद्युत सेवा सुचारु भएको छ । नेपाल विद्युत प्राधिकरण र भिमदत्त नगरको साझेदारी मा सुक्रवार एक कार्यक्रमका विच विद्युत सेवा उद्घाटन गरी सेवा सुचारु गरेको हो ।

वस्ती बसेको दुई दशक वितिसक्दा दुर्गम वस्तीका रुपमा चिनिने सो क्षेत्रमा वाटोघाटो र विद्युत तथा सञ्चार स्वास्थ्य लगायत आधारभुत सुविधा वाट बन्चित रहेका वासिन्दा विद्युत सेवा सुचारु भएपछि निकै हर्षित भएका छन ।

विकट ठाउमा रहदै आएका सो क्षेत्रका वासिन्दाले आधारभुत आवस्यकता वाट बन्चीत रहदै र विद्युत नहुदा अध्यारामै वस्नुपरेको र कुटानी पिसानी तथा सिंचाई र खाने पानीको समेत समस्या वेहोर्दे आएका स्थानिय हरु विद्युत सेवा सुचारु भएपछि निकै हर्षित देखिएका छन ।

गत वर्ष मात्रै भिमदत्तनगरपालिकाको पहलमा विद्युत लाईन विस्तार र नेपाल दुरसञ्चार ले टावर निर्माण कार्य पुरा गरेको थियो तर विद्युत सेवा सुचारु भएको थिएन । सुक्रवार वाट घर घरमा विजुली वल्दा विद्यार्थिहरुलाई समेत सहज भएको छ । खाने पानीका लागी समेत समस्या झेल्दै आएका सो क्षेत्रका वासिन्दाहरु विगतमा महाकाली नदिको पानी खान वाध्य हुदै आएका स्थानिय विद्युत सेवा सुचारु भएपछि खाने पानी को समस्या बाट मुक्त भएका छन ।

विद्युत सेवा सुचारु भए संगै मोटर वाट सिंचाईको व्यव्स्था गर्न सकिने र यहाका वासिन्दाले खेलिवाली वाट समेत थप लाभ पाउने भन्दै अव कृषकहरुले व्यवसायिक तरकारी वाली तिर समेत आकर्षित भई आर्थिक स्तर बृद्धि गर्न टेवापुग्ने स्थानियले बताएका छन ।

सुगम नगरपालिकाको दुर्गम क्षेत्रका रुपमा रहेको सो क्षेत्रलाई अझै पनी विकासको खाचो रहेको भन्दै अव यय दुर्गम क्षेत्रलाई सुगम वनाउन वडाकार्यालयले थप विकासका योजना ल्याउने र विद्युत सुचारु भएपछि विद्युत सृवा नहुदा संचालनमा आउन नसकेका टेलिफोन टावर समेत सुचारु भई यस दुर्गम वस्तिका वासिन्दाहरु छिट्टै संचार संग समेत जोडिने भिमदत्त नगरपालिका –९ का वडा अध्यक्ष राम नाथले वताएका ।
३ सय १० घर धुरी रहेको खल्ला –मच्छेटी क्षेमा ४० घरधुरी परिवार दलित समुदायका रहेका छन । न्युन आय स्तर रहेका यस क्षेत्रका आधिकांस वासिन्दाहरु ज्याला मजदुरीमै निर्भर रहदै आएका छन । वर्षो देखि बस्दै र कमाउदै आएको जग्गाको जग्गाधनी पुर्जा समेत पाएका छैनन । चुनवका बेला मुख्य एजेण्डानै यसक्षेत्रको जग्गाधनी पुर्जा वितरण गर्ने रहदै आएपनी अझै उनीहरुको समस्या समाधान भएको पाईदैन ।

उज्यालो नेपाल उज्यालो भिमदत्तको नारा लिएको नगरपालिकाले वाचा वमोजिम यस क्षेत्रमा गत वर्ष विद्युत लाईन विस्तारको पहल गरेको र नगरपालिकाकै साझेदारी र सहकार्यमा विद्युत सेवा सुचारु गर्नेकाम पुरा गरेको भन्दै छिट्टै जग्गाको आधिकारीक मालिक वनाउने कार्यका लागी भिमदत्त नगरले ठोस कदम चालि सकेकाके र भुमि समस्या सम्वन्धि आयोग मार्फत यस क्षेका वासिन्दाको समस्या समाधान गर्ने भिमदत्त नगरका नगर प्रमुख सुरेन्द्र विष्टले वताउनुभएको छ ।

ढिलै भएपनी भिमदत्तनगर पालिकाको ठोस निति र पहलकदमीका कारण जिल्लाकै दुर्गम बस्तीका रुपमा रहेको खल्ला –मछेटी क्षेत्रमा वाटो घाटो, यातायात , विद्युत, संचार , र स्वास्थ्य क्षत्रेको पहुच मा आउनु नगरपालिकाको उदाहरणिय काम का रुपमा लिईएको छ भने नगरलाई सवल र सक्षम वनाउन नगरपालिका संगै अन्य सरोकारवाला निकायले समेत समेत हातेमालो गर्न जरुरी देखिन्छ ।