बेलडाँडीमा पनी भुमि सम्बन्धि कार्य तिब्र,,५ वटै वडामा औपचारिक कार्यक्रम गरी लगत संकलन कार्य शुरु

रमेश प्रसाद भट्ट/बेलडाँडी- कञ्चनपुरको  बेलडाँडी गाउँपालिकामा पनी भुमि सम्बन्धि समस्या सामाधानका लागि कार्य तिब्र गतिमा अगाडी बढेको छ । सुकुम्बासी, दलित, अव्यवस्थित बसोबासि र भुमिहिनहरुको समस्या समाधानका लागि एकै दिन ५ वटै वडामा औपचारीक कार्यक्रम गरी लगत संकलन कार्य शुरु भएको छ ।

मंलगलबार कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेलडाँडी गाँउपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले सबै वडा कार्यालयमा गई एक कार्यक्रमका माझ गाँउपालिका भरी लगत संकलन गर्ने कार्यक्रमको उद्घाटन गरेर शुरु गर्नु भएको हो ।

गाउँपालिकाका अध्यक्ष थापा क्षेत्रीले ‘’अब बेलडाँडीमा मुख्य समस्याका रुपमा रहेको भुमि सम्बन्धि समस्या सामाधान गरिने कार्यको प्रारम्भ भई सकेको बताउदै ढुक्क भएर लगत संलकन कार्यमा सघाउन सबै गाउँवासिमा अनुरोध गर्नु भयो ।’ उहाँले भने ‘निर्वाचनका बेला जनता सामु गरेको बाचा पुरा गर्न आफु लागि पर्ने भन्दै अब बेलडाँडीमा समस्याको जडको रुपमा रहेको भुमि सम्बन्धि समस्या सामाधन हुने बताए ।‘’  यस्तै उनले विगतका आयोगले गरेका कामलाईनै टेकेर कार्य गरीने बताए ।

लगत संकलन गर्न खटाईएका कर्मचारीहरुलाई अभिमुखिकरण गराई सबै नागरिकलाई गाँउ वस्तीमै गएर भुमि समस्या सामाधानका बारेमा जानकारी गराउने कार्यको समेत पुर्ण तयारी गरी कार्य भई रहेको गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त भट्टले जानकारी दिनु भयो ।

उहाँका अनुसार आइतवार सूचना प्रकाशित गर्दैं लगत संकलन गर्न टोलटोलमा लगत संकलन कर्ता खटाउने गरि वडालाई निर्देशन भए बमोजिम कार्य भईरहेको बताए । यस्तै उहाँले लगत संकलनकर्ता संगै प्राविधिक टोली समेत  खटाईएको बताए ।

यसरी पहिलो चरणमा सबै वडामा गई लगत संकलन कार्य गरी सकेपछि यसलाई प्रमाणिकरण गरेर पछि दोस्रो चरणमा फिल्डमा नक्सा लिएर कार्य गरिने बेलडाँडी गाँउपालिकाका प्रबक्ता एव वडा नम्बर १ का अध्यक्ष अम्मर बहादुर खत्रीले बताए । उहाँका ‘’अनुसार अहिले हामि चरणबद्ध रुपमा तोकिएको कार्यक्रम अनुसार पारदर्शि हिसाबले कार्य गरिने बताए ।‘’

यस्तै उनले भने ‘’जग्गाको मुल्यांकन गर्दा अहिलेको एकिकृत सम्पति करका आधारमा मुल्यांकन हुलाकी रोड छोएको ४० देखि ४५ लाख प्रति बिगाहा, भित्र पिच ४० लाख, ग्राभिल रोड तिरको ३० लाख, कच्ची रोड २० लाख, बाटो नभएको १२ लाखका दरले प्रति विगाहा मुल्यांकन भएको र यसलाई पनि घटाएर जति सक्दो कम गर्न सकिने बताए ।‘’ यसका लागि मुल्यांकन समितिमा छलफल गरेर जनतालाई करको मात्रमा भार नपर्ने रुपमा जग्गाको मुल्य निर्धारण गरिने समेत उहाँले बताए ।

यस्तै वडा नम्बर २ का अध्यक्ष प्रमेराज खातीले आफ्नो वडा भित्र रहेका समस्याको लगत संकलन पश्चात दाबि विरोधको सुचना जारी गरेर समस्या पहिचानका आधारमा त्यसै रुपमा काम गरिने बताए । उहाँले भने  ‘’आयोगको मापदण्डका हिसाबले पछि एलानी वा चलन भोगका आधारमा जमिन उठाउदा ८ प्रतिशत देखि २ सय प्रतिशत सम्म कर लगाउन मिल्ने भनेता पनी हामि बेलडाँडीको हकमा करको मात्रलाई जनताको हितमा हुने गरी लागु गरिने बताए ।‘’

बेलडाँडी क्षेत्रको समस्या समाधान गर्नका लागि वडा देखि पालिका स्तर सम्म विभिन्न सहजिकरण समिति बनिसकेका छन् ।   बेलडाँडी क्षेत्रमा न्युनतम कट्टाको ८ हजार, देखि अधिक्तम २० हजार सम्म हुन सक्ने अनुमान गरिएको छ ।

यसरी धेरै बर्ष देखि जनताको मुख्य समस्याको रुपमा रहेको भुमि सम्बन्धि समस्या सामाधान हुने कार्य देखेपछि जनता हर्षित बनेका छन् । तर राजनैतिक गतिरोध देखिएकाले धेरै जसोले भने यस कार्यले पुर्णता पाउनमा भने आशंका गरिरहेका छन् । कम्युनिष्ट सरकारले यो कार्यलाई पुर्णता दिन सक्ला या नसक्ला भन्ने प्रश्न उठे संगै सरकारमै रहेको नेकपा पार्टी भित्र अहिले ओली पक्ष र प्रचण्ड माधव नेपाल पक्ष विचको किचलोले अझै भुमि सम्बन्धि समस्या सामाधान आयोगको कार्यमा समेत प्रभाव पर्ने अधिकाशंको बुझाई रहेको पाईन्छ ।