प्रधानमन्त्रीसँग वार्ता गर्न जसपा नेताहरू बालुवाटारमा

काठमाडौं- सत्ता समिकरणको दौडधुपमा लागेका जनता समाजवादी पार्टीका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका छन्।

अध्यक्ष महन्थ ठाकुरसहित नेता लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला बालुवाटार पुगेका हुन् ।

जसपाले जेलमा रहेका आफ्ना सांसद रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता र नागरिकताबारे संविधान संशोधनसहितका मुद्दा उठाउँदै आएको छ।

प्रधानमन्त्री, माओवादी केन्द्र, नेपाली कांग्रेससँग पनि जसपा छलफलमै छ। यद्यपी निचोड निस्किसकेको छैन।

यता जसपमा सत्ता साझेदारीलाई लिएर विभाजित भएको छ।  ठाकुर र राजेन्द्र महतो ओलीलाई नै साथ दिनेमा लचक देखिएका छन् भने बाबुराम भट्टराई र उपेन्द्र यादव कुनै पनि हालतमा ओलीलाई साथ दिन नहुनेमा अडिक छन्।