सु.प. प्रदेशका १ हजार १ सय ७६ जना पत्रकारले मतदान गर्न पाउने

नेपाल पत्रकार महासंघको निर्वाचनमा सुदूरपश्चिम प्रदेशका  १ हजार १ सय ७६ जना पत्रकारले मतदान गर्न पाउने भएका छन् ।

महासंघले केन्द्रीय कार्य समिति, प्रदेश समिति र जिल्ला शाखाहरूको नेतृत्व चयनका लागि अगामी चैत २५ गते हुने निर्वाचनका लागि सोमबार सुदूरपश्चिमसका सबै जिल्लाको जिल्लागत मतदाता नामावली सार्वजनिक गरेको हो ।

महासंघले सार्वजनिक गरेको नामावलीअनुसार  सबैभन्दा बढी कञ्चनपुरमा २ सय ५३, कैलालीमा १ सय ८९, अछाममा १ सय ३४, बैतडीमा १ सय ३२ जना मतदाता रहेका छन् ।

त्यस्तै, बाजुरामा १ सय ८, दार्चुलामा ९८, डडेल्धुरामा ९३, डोटीमा ८९ र बझाङमा ८० पत्रकारले अगामी निर्वाचनमा मतदान गर्न सक्नेछन् ।