सुदुरपश्चिम प्रदेश सरकार फेर्नुपर्छ-मन्त्री भट्ट

डोटी- सुदूरपश्चिम प्रदेश सरकार अब फेर्नु पर्ने बेला भएको संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् । शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरसँग कुराकानी गर्दै मन्त्री भट्टले सरकार फेरबदलको विषयमा पार्टीभित्र छलफल हुने र छिट्टै निकास निस्कने बताए ।

‘सुदूरपश्चिम प्रदेश सरकारको विषयमा अहिले केही हामीले भनिरहनुपर्छ जस्तो लाग्दैन। ’ मन्त्री भट्टले भने ‘हामी यहाँको नेतृत्व आएका छौँ, अब छलफल गर्छौँ ।’ वर्तमान सरकारले गति लिन नसकेको समेत मन्त्री भट्टले बताए । उनले आम जनताले पनि यो सरकार फाल्नु पर्ने बिचार राखेको दावी गरे ।

मन्त्री भट्टले कोरोना भाइरसको संक्रमण जोखिम फेरि बढेको भए पनि तत्काल लकडाउन भने नहुने बताए। ‘अहिल्यै लकडाउन हुँदैन’ उनले भने, ‘थप सतर्कता अपनाउने तयारी छ।