बेलडाँडीकी स्वास्थ्यकर्मी निलम सम्मानित

कञ्चनपुर – कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा कार्यरत स्वास्थ्यकर्मी (अनमी) निलम भट्टलाई सम्मान गरिएको छ । शनिबार पूनर्वासमा सम्पन्न भएको महाकाली ईटा तथा टायर उद्योग व्यवसायी संघको १३ औँ बार्षिक साधारण सभामा स्वास्थ्यकमीृ भट्टलाई सम्मान गरेको हो ।

ग्रामणि भेगमा रही कोरोना रोकथामका साथै स्वास्थ्य क्षेत्रमा उत्कृष्ठ काम गरेको भन्दै महाकाली ईटा तथा टायल उद्योग व्यवसायी संघले सम्मान गरेको हो ।

बेलडाँडी गाँउपालिका ५ स्थित रौतेलीविचुवा स्वास्थ्यचौकीमा कार्यरत अनमी निलमलाई महाकाली ईटा तथा टायर उद्योग व्यवसायी संघका केन्दीय बरिष्ठ उपाध्यक्ष शंकर चन्द र संघका जिल्ला अध्यक्ष बलदेव बुडाल सहितका पदाधिकारीले दोसल्ला ओढाएर सम्मान गरेका छन ।

यस्तै संघले स्वाथ्यकर्मी सहित विभिन्न क्षेत्रका योगदान पु¥याए बाफत सम्मान गरिएको छ । स्वास्थ्यकर्मी भट्ट राैतेलि विचवा स्वास्थ्य चाैकिमा दिनरात नभनि स्वास्थ्यकाे क्षेत्रमा उलेख्य कार्य गर्दे अाउनु भएकाे छ । यसरी अाफ्नाे कार्यकाे मुल्यांकन गरि सम्मानित गरेकाेमा उहाँले महाकाली ईटा तथा टायल व्यवसाय संघलाई हार्दिक धन्यावाद समेत व्यक्त गर्नु भएकाे छ ।

उहाँले भने ‘स्थानिय एक ग्रामीण भेगमा बसेर स्वास्थ्यकाे क्षेत्रमा काम गर्न निकै चुनाैति रहेकाे भन्दै सिमित स्रोत र समाधका विच निकै जाेखिमकाे कार्य सफल रूपमा गर्दै अाएकाे बताए ।’

संघकाे बार्षिक साधारण सभा पुनर्वासकाे सम्राट हाेटलमा भव्य कार्यक्रम गरी सम्पन्न भएकाे हाे ।