आरक्ष पिडितद्वारा बंकमा आज पनि चक्का जाम, माग पूरा नभए सम्म आन्दाेलन जारी

कञ्चनपुर – आरक्ष पिडीत संघर्ष समिति कञ्चनपुरले अाज शनिबार पनि चक्काजाम गरेको छ । निरन्तर अाज  तेस्रो दिन कृष्णपुर नगरपालिका- २ वंकमा शनिबार दिउसाे ३:३० वजेदेखी ५ बजेसम्म चक्काजाम गरेको हाे ।

२०५८ सालदेखी आरक्ष पिडीतहरुलाई राज्यले जग्गा उपलव्ध गराउने भनेपनि हालसम्म जग्गा उपलव्ध नगराउँदा आफुहरुले चक्काजाम गर्नुपरेको जनवाहिनी नेपालका संयोजक शिरोमणी ओझाले बताए ।

आरक्ष पिडीत परिवारलाई जग्गा उपलव्ध नभएसम्म संघर्षका कार्यक्रमहरु निरन्तर जारी रहने पनि ओझाले जानकारी दिए ।

“आरक्ष पिडीतहरुलाई जग्गा उपलव्ध गराइनुपर्छ,यसको विकल्प छैन,जनवाहिनी नेपालका संयोजक शिरोमणी ओझाले भने, जग्गा उपलव्ध नभएसम्म हाम्रो संघर्ष जारी रहन्छ” ।

ओझाले सरकारले आरक्ष पिडीतहरुको मागलाई अब नजर अन्दाज गरे अर्जुनीफाँटामा शिविर वसाउने योजना रहेको बताए ।

उनले भने,”हाम्रो अन्तिम लक्ष्य भनेको सरकारले आरक्ष पिडीतको मागलाई वेवास्ता गरे करिव १५-१६ सय परिवारलाई अर्जुनी व्यारेक पछाडीपट्टी व्यवस्थापन गर्नु हो” ।
विहीवार मात्रै पनि आरक्ष पिडीत संघर्ष समिति कञ्चनपुरले सोही ठाउँमा एक घण्टा चक्काजाम गरेको थियो ।