बेलाैरीका शिक्षक राजु बाेहराकाे माेटरसाईल दुर्घटनामा मृत्यु

बेलाैरी/कञ्चनपुर –सिमावर्ती बजार सम्पुर्णनगरमा माेटरसाइकल दुर्घटना हुदा बेलाैरीका शिक्षक राजु बाेहराकाे मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरकाे बेलौरी नगरपालिका- ६ निवासी अन्दाजी ४२ बर्षिया राजु बाेहरा रहेको इलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले बताए ।

निरीक्षक खड्काका अनुसार “शनिबार साँझ भारतकाे उत्तरप्रदेश  स्थित सम्पुर्णानगर बजार नजिकै सडक खण्डमा माेटरसाइकल दुर्घटना हुदा चालक बाेहराकाे घटनास्थल मै मृत्युु भएको हाे ।”भने पछाडि सवार घाइते बेलाैरी नगरपालिका ६ हात्तीबाेझाका अन्दाजी ३० बर्षिया शिव दत्त रानाकाे उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनको अवस्था पिडादायी भएपनि चिन्ता मुक्त रहेको छ । प्रारम्भिक अनुसन्धानका आधारमा हावाहुरीले सडकछेउमा लर्किएकाे रुखमा माेटरसाइकल ठाेक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

भारतकाे लखिमपुरमा शवकाे पाेष्टमार्टम भइरहेको छ । यद्यपि घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरीक्षक खड्काले बताए ।

मृतक बाेहरा महाकाली माध्यामिक बिद्यालयका पूर्व प्रधानाध्यापक प्रेम सिंह बाेहराका माहिला छाेरा हुन् । यस अघि पनि उनका जेष्ठ छोरा (प्रहरी निरीक्षक) स्व.केशव बोहराको टिकापुर घटनामा मृत्यु भएको थियो ।

यतिबेला पुन: यस दुखद् घटनाले परिवारमा ठूलो बज्रपात परेको छ ।  मिलनसार  भद्र स्वभावका हाेनहार शिक्षककाे मृत्युले शिक्षा क्षेत्रमा अतुलनिय क्षेति पुगेकाे छ । उनकाे अाजनै स्थानिय अार्यघाटमा दाहासंस्कार गरिने पारिवारी स्रोतले जनाएकाे छ ।