महाकाली अस्पताललाई बेदकोट नगरपालिकाको १० लाख आर्थिक सहयोग

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई १० लाख आर्थिक सहयोग गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा समाग्री खरिदका लागि बेदकोटले आर्थिक सहयोग गरेको हो ।
बेदकोट नगरपालिकाले यस अघि कार्यपालिका बैठकबाट चालु आर्थिक बर्ष ०७७/०७८ मा अस्पतालमा अत्यावश्यक स्वास्थ्य सुरक्षा समाग्री खरिदका लागि आर्थिक सहयोग गरेको हो । आइतबार एक कार्यक्रमका विच बेदकोट नगरका प्रमुख अशोक कुमार चन्दले महाकाली अस्पतालका निमित्त मेडिकल सुपरेटेण्डेन्ट डा. हरि कुमार श्रेष्ठ, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)लाई चेक हस्तान्तरण गरेका छन ।

उक्त रकम हस्तान्तरण गर्दै मेयर चन्दले कोरोना महामारी नियन्त्रणका लागि पाालिकाका तर्फबाट उक्त सहयोग गरिएको बताए ।अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोेशी(बोक्सर)ले यसरी नै पालिकाबाट भौतिक, आर्थिक एव नैतिक सहयोगको अपेक्षा गर्दै महाकाली अस्पतालममा कोरोना रोककथामका लागि प्रयास आवश्यक रहेको औल्याए ।

महाकाली अस्पतालमा अक्सिजन लगायतकका स्वाथ्य उपकरण अभावको समस्या भईरहेका बेला पालिकाबाट पाईएको सहयोगले केही राहत पुग्नेछ । भीमदत्त नगरपालिककाले समेत अक्सिजन खरिदका लागि २०लाख दिने घोषणा गरेको छ । कोरोनाको चैन तोड्नका लागि पालिकाले महाकाली अस्पतालसंग सहकार्य गरिरहेका छन ।