कोभिड-१९ संग जुध्न बेलडाँडीका युवा जोशीद्धारा स्थानीय सरकारलाई सात सुझाव…

 ट्रम्पको सत्ता बहिरगमन र वाईडेनको आगमनले एकताका कोरोनाले तहसनहस बनाएको अमेरीका अहिले माहामारीलाई नियन्त्रणमा लिदै विस्तारै आफ्नै लयमा फर्कदैछ । स्थीतीको गम्भीर्यतालाई बेलैमा सहि आकलन गरेर Quick Action मा उत्रिएको चाईना आज त्यो बिपतलाई अवसरमा परिवर्तन गर्दै विश्वमै कोरोना संग सम्बन्धीत औषधि उपकरणहरु निर्यात गर्नेदेश मा पहिलो स्थानमा पर्दछ ।

तर देखावटि प्रचार प्रसार र भाषणवाजीमा वढि विस्वास राख्ने वर्तमान भारतीय सत्ता र स्थीतीको गम्भिर्यताको सहि आकलन गर्न हदैसम्म चुकेको मात्रै होइन यस्तो गम्मीर विषयलाई ख्यालठट्टामा उडाएको वर्तमान नेपाल सरकारका सारथीहरुको कारण भारत र नेपाल अहिले विश्वमै COVID 19 को नयाँ भेरीयन्टको Hot Spot बनेको छ । तर अहिलेको परिस्थीती दोषारोपण गर्ने भने पक्कै होईन । जसरी हामी टालटुलका क्रियाकलापले कोरोनाको कहरलाई जित्न सकौला भन्ने मनोविज्ञानबाट अघि बढीरहेका छौ, त्यो नै घातक हो ।

जसरी उर्लीएर आएको बाढीलाई रोक्न दुई चारवटा फाउरो माटो खन्याउनुको कनै अर्थ छैन, त्यसरीनै विनाकुनै ठोस योजना र संकल्पले अहिलेको परिस्थीतीबाट पार पाउन सक्दैनै । Actions speak louder than words भन्ने भनाईल ाई नेत्रीत्वले ख्याल गरोस । ढीला नगरौ, तपाई हाम्रो बेवास्ता र ढिलाईले तपाई हाम्रो कुन आफन्त या शुभचिन्तकलाई कहिलै नफर्कने गरी कोरोनाले सिकार वनाउँछ थाहा छैन ।

मानव जीवन भन्दा ठूलो केहि छैन, सम्पुर्ण संयंत्र लाई मानवीय जीवन रक्षाको लागि प्रयोग गरौं । आफुसङ्ग भएको संसाधनहरुको उच्च्तम प्रयोग, सूक्ष्म ब्यवस्थापन गरि नेतृत्व क्षमता र मानवीय धर्म प्रस्तुत गर्ने बेला यहि हो ।

उर्लीएर आएको बाढीलाई रोक्न दुई चारवटा फाउरो माटो खन्याउनुको कनै अर्थ छैन, त्यसरीनै विनाकुनै ठोस योजना र संकल्पले अहिलेको परिस्थीतीबाट पार पाउन सक्दैनै…

सुझावहरु….

१- विकास लगायतका अन्य खर्च तत्कालको लागि स्थगित गरौं र सम्भव भएसम्म सम्पुर्ण अर्थ कोरोना नियन्त्रण मा प्रयोग गरौ ।

२- निजि वाहन भाडामा भएपनी प्रयाप्त संख्यामा एम्बुलेन्स को रुपमा प्रयोग हुनेगरी क्तबलमदथ राखौं ।

३- स्वास्थ्य संस्था हरुमा फास्ट ट्र्याक मार्फत करारमा जनशक्ति थप गरौं र आवश्यक स्वाथ्य सामाग्री , औषधि आदि खरिद गरौ ताकी स्कुल का भवनहरु, अन्य सरकारी भवनहरुलाई सामान्य र मध्यम प्रकृतिका बिरामीहरुको उपचार गर्न सकियोस् ।

४- समुदायमा रहेको कोरोनाको चेन ब्रेक गर्न अत्यन्तै जरुरी छ । PCR टेस्टको लागी समुदाय का प्रत्येक ब्यक्ति बाट स्याम्पल संकलन गरि टेस्ट को प्रवन्ध मिलाईयोस ।

५- जीवन गुमाएका ब्यक्तिका परिवारलाई आवश्यक यथोचित प्रवन्ध मीलाईयोस ।

६- भारत बाट फर्किएका ब्यक्ति हरुको PCR टेस्ट गरि उचित नीग्रानी गरियोस ।

७ – २४ सै घण्टा कुईक रेस्पोन्स टिम को ब्यवथा गरि आपतकालीन सम्पर्क नम्बर र ब्यक्ति सार्वजनिक गरियोस ।

गोकर्ण जोशी (निश्चल)
सचेत युवा
बेलडाँडी गा.पा.- २ कञ्चनपुर ।