बेलौरीमा ५० शैय्याको कोभिड-१९ अस्थाई अस्पताल शुरु, संक्रमितको उपचार हुदै

रमेश प्रसाद भट्ट/कञ्चनपुर-  बेलौरी नगरपालिकाले कोभिड संक्रमित विरामीहरुको उपचारका लागि ५० शैय्याको कोभिड- १९ अस्थाई अस्पतालबाट सेवा शुरु गरी विरामीहरुको उपचार भई रहेको छ । कोरोना भाईरसले नयाँ रुप लिई संक्रमण र मृत्युको दर बृद्धि हुन थालेपछि यहि १४ गते देखि नगरपालिकाले ५० शैय्याको कोभिड- १९ अस्थाई अस्पताल सञ्चालन गरी उपचार सेवा गरीरहेको हो ।

उपचारमा कुनै किसीमको कमी हुन नदिन नगरपालिकाबाट सबै खाले प्रयास गरीरहेको नगर प्रमुख पोतीलाल चौधरीले बताउनु भयो । उहाले भने ”कुनै पनी संक्रमित वा अन्य नागरीकको उपचारमा कुनै कसुर बाकी नराख्ने गरी उपचार सेवा दिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको बताए ।”

उनले भने ” उपचारमा अवश्यक पर्ने सबै स्वास्थ्य सामाग्री आपुर्तीका लागि समेत कार्य भईरहेको बताउदै स्वास्थ्यमा कुनै किसिमको समस्या भए नआत्तीएर उपचार गराउन सबै नगरवासिलाई अनुरोध समेत गर्नु भएको छ ।” हाल मुख्य अक्सीजन, भिटिएम किटको अभाव देखिन थालेकाले सो आपुर्तीको लागि प्रक्रिया अगाडी बढाएको  बताए ।

कोरोनासंक्रमित विरामीहरुको बढ्न थालेपछि अस्पतालबाट अक्सीजन सहित २४ सै घण्टा स्वास्थ्यकर्मीहरुबाट उपचार सेवा गरीरहेको बेलौरी नगरपालिकाका कोभिड- १९ फोकल पर्सन मान बहादुर चन्दले बताउनु भयो । आवश्यकता परे थप स्वासथ्यकर्मी ईस्टेन्डवाई अवस्थामा राखिए समेत उहाँले बताउनु भयो

उहाँका अनुसार ”भ्याए सम्मका सबै स्वास्थ्यका सेवाहरु प्रयोग गरी संक्रमितको उपचार भईरहेको र हालको अवस्थालाई हेर्ने भने, अक्सीजनको समस्या पर्न जाने हुदा थप आपुर्ती गर्न प्रयास भईरहेको बताए ।”

उनले भने ”अहिले अस्पतालमा ४ जना पुरुष २ जना महिला गरी जम्मा ६ जना संक्रमितको उपचार भई रहेको र उपचार भईरहेका मध्ये एक जना महिलाको स्वास्थ्य अवस्था गम्भिर छ, अन्य बाकिको भने अवस्था समान्य रहेको बताउनु भयो ।” हाल उपचार सेवालाई अझ प्रभावकारी बनाउन भएजति स्वास्थ्यकर्मीहरु सबै परिचालन भएर कार्य भईरहेको कोभिड- १९ फोकल पर्सन चन्दले बताउनु भयो ।  उपचार सम्भव नभए धनगढी महेन्द्रनगर पठाउने समेत गरेको उहाँले बताउनु भयो ।