कञ्चनपुरमा एकै दिन १ सय १९ जनाले जिते कोरोना

कञ्चनपुर- जिल्लामा बुधवार एकै दिनमा १ सय १९ जनाले कोरोना जितेर घर फर्किएका छन् । यो संख्या अहिले सम्मकै धेरै डिस्चार्ज भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले बताएका छन् । आज संक्रमण मुक्त भएका सहित अहिले सम्म १ हजार ९ सय ५२ जनाले कोरोना जितेको उनले बताए । कञ्चनपुरमा बुधवार २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा ११ जना र ऐन्टिजिन परिक्षणमा १६ जना गरी २७ जनामा कोरोना संक्रमिण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

पिसिआर परिक्षणबाट भीमदत्त नगरपालिकामा २ जना,बेलौरी, वेदकोट र कृष्णपुरमा १/१ जना पुर्नवासमा ६ त्यसै गरी ऐन्टिजिन परिक्षणमा गडाचौकीमा ५ जना वेदकोटमा ११ जना, गरी २७ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भटटले जानकारी दिईन् ।

बुधवार भिमदत्त नगरपालिकामा थप २ जनामा कोरोना पुष्टि भएको छ पिसिआर परिक्षणबाट २ जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बुधवार महाकाली अस्पतालमा शून्य मृत्यु, रहेको छ ।

महाकाली अस्पतालमा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन् । आज कुनैपनि बिरामीको ज्यान नगएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डक्टर रोकायाले बताए । यो संगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ४८ पुगेको छ भने, ऐन्टिजिनबाट परिक्षण गर्दा १ हजार ४१ जनामा कोरोना पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या ४ सय ९५ सय रहेको छ भने, कोरोना बाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।