बेलडाँडी प्रहरीले सिमा क्षेत्रबाट २ ट्रली सहीत ४ लाख मुल्य बराबरको मलखाद बरामद्

रमेश प्रसाद भट्ट/कञ्चनपुर-  बेलडाँडी प्रहरीले सिमा क्षेत्रबाट अबैध रुपमा ल्याउदै गरेको मलखाद बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय बेलडाँडी मातहतको प्रहरी चौकी भुडाले अबैध रुपमा भारतबाट ल्याउदै गरेको ४ लाख मुल्य बराबरको मलखाद बरामद् गरेको हो ।

प्रहरी चौकी भुडाबाट प्रहरी सहायक निरिक्षक लोकेश नाथको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्लाको बेलौरी नगरपालिका १० सडकघाटमा भारतबाट भन्सार छली ल्याइएका २ सय ११ कट्टा मलखाद र मलखाद ल्याउन प्रयोग गरेको २ वटा ट्र्याक्टरको ट्रली सहीत झण्डै ४ लाख ११ हजार बराबरको सामान बरामद गरेको हो।

विना नम्बरका दुई ट्रली सहीत आवश्यक कार्वाहीका लागि भन्सार पठाईने ईलाका प्रहरी कार्यालय बेलडाँडी प्रहरी निरिक्षक रबिन्द्र कठायतले जानकारी दिनु भयो ।

बेवारिसे अवस्थामा फेला पारिएको सो मलखादमाथि थप अनुसन्धान भइरहेको र ति दुवै ट्रलीमा भारतबाट नेपाल ल्याउदै गर्दा पक्राउ गरेको बताउदै प्रहरी गस्ती टोली देख्ने वित्तीकै ट्रली छोडी ट्याक्टर सहित संलग्न मानिस फरार भएको उनले बताए । अहिले दुवै ट्रली सहित मलखाद ईप्रका बेलडाँडीमा राखिएको छ ।