बेलौरीका एक युवकको करेन्ट लागेर मृत्यु

रमेश प्रसाद भट्ट/ कञ्चनपुर- कञ्चनपुरको बेलौरीका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । शनिबार दिउसो तिर आफ्नै पसलमा काम गर्ने क्रममा करेन्ट लागेर बेलौरी नगरपालिका ३ गोकुलपुरका २५ वर्षीय सन्तोष चौधरीको मृत्यु हो ।

आफ्नो पसलमा लगाइएको पुरानो साईन बोर्ड बनाउने क्रममा साईन बोर्डलाई माथिबाट तलतिर फाल्ने क्रममा विघुतको मेन लाइनमा छोएर करेन्ट लाग्दा घाइते भएका चौधरीलाई बेलौरीमा रहेको ईशान मेमोरियल अस्पतालमा पुर्‍याउँदा उपचारको क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरिक्षक कमल कुमार खडकाले कञ्चनपुर खबरलाई जानकारी दिनु भयो ।

उहाँका अनुसार मृतक चौधरीको शव पोष्ट मार्टमपछि परिवारले बुझेको बताए । मृतक चौधरी बेलौरी स्थित महाकाली बहुमुखी क्याम्पका नेपाल विद्यार्थी संघका ईकाई सभापती हनु ।