बेलडाँडीबाट लागुऔषध सहित दुई जनालाई पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलडाँडीबाट लागुऔषधसहित सशस्त्रप्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट झिलमिलाको फवार्ड वेश राधाकृष्णबाट खटिएको टोलीले बेलडाँडी नगरपालिका ३ वनकुर्मा क्षेत्रबाट दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेदकोट नगरपालिका ५ का २७ वर्षीय सुरेश नेपाली र सोही ठाउँका २८ वर्षीय सन्तोष बिष्ट रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीले जनाएको छ ।

उनीहरुको साथबाट ४ ग्राम ब्राउनसुगरसहित एउटा मोटरसाइकल, दुईवटा मोवाइल र नगद एक हजार सात सय रुपैयाँ पनि बरामद गरिएको छ । बरामद गरिएका सामानसहित उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेल्डाँडीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।