कञ्चनपुरमा भोलि (मंगलवार) बाट कोरोना विरुद्धको खोप लगाईने

कञ्चनपुर- कञ्चनपुरमा मंगलवार बाट कोरोना विरुद्धको खोप लगाईने अभियान सञ्चालन गर्ने भएको छ । जस अनुसार ६० देखि ६४ वर्ष उमेर समूहका साथै दोस्रो मात्रा छुटे्काले समेत लगाउन सक्ने जनाएको छ । खोप लगाउन आउदा परिचय पत्र अनिर्वाय गरेको छ । कञ्चनपुरलाई ७ हजार ५ सय ७० वटा खोप आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशमा पनि कोरोना विरुद्धको ८५ हजार मात्रा खोप आइपुगेको छ । चीनबाट आयात गरिएको उक्त खोप सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले यहाँका नौवटै जिल्लालाई हस्तान्तरण गरिसकेको छ । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र गोल्डेन असिस्टेन्ट राजेन्द्र अवस्थीले पहिलो चरणमा यहाँ ६० देखि ६४ वर्ष उमेर समूहका लागि लगाइने बताए ।

केन्द्रबाट आएको खोप जिल्लाहरुमा वितरण गरिएको छ । सुदूरपश्चिमका नौवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई ४५ हजार डोज हस्तान्तरण गरिएको बताए । आपूर्ति केन्द्रका अनुसार कैलाली स्वास्थ्य कार्यालयलाई १३ हजार ६ सय १०, अछामलाई ४ हजार १ सय २, डोटीलाई ३ हजार २० डोज हस्तान्तरण गरिएको छ ।

त्यसै गरी डडेल्धुरालाई २५८, बैतडीलाई तीन हजार ७८०, दार्चुलालाई तीन हजार २४३, बझाङलाई तीन हजार १६८ र बाजुरा स्वास्थ्य कार्यालयलाई चार हजार ४४२ दिइएको छ ।

यसअघि सुदूरपश्चिममा कोरोना सङ्क्रमणसित अग्रपङ्क्तिमा जुध्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मी, सञ्चारकर्मी, ज्येष्ठ नागरिक लगायतलाई खोप लगाइएको थियो ।