हुलाकी सडक शुचारु नभए जनता सडकमा उतारेर काम गराउँछौँ – संयोजक पल्लबराज भट्ट

कञ्चनपुर- बेलाैरीमा भारतीय पक्षद्वारा अवरोध गरिएको हुलाकी सडककाे काम १० दिनभित्र शुचारु नभए जनता सडकमा उतारेर काम गराउने अन्तर्राष्ट्रिय सीमा सराेकार समूह कञ्चनपुरका संयोजक पल्लब राज भट्टले बताएका छन् ।

 

भारतीय पक्षले बेलौरी नगरपालिका ८ पचुई क्षेत्र मा निर्माण भईरहेको करिब १२सय मिटर सडक कालोपत्रे गर्नमा अवरोध पु¥याएपछि सीमा सरोकार समुहले चासो दिदै शुचारुको माग अघि सारेको हो ।

 

No description available.

 

सोमबार सीमा सरोकार समुहका पदाधिकारीले कञ्चनपुर प्रमुख जिल्ला अधिकारी राम कुमार महतो सहितका सुरक्षा निकायका पदाधिकारी संगकाे छलफलमा संयोजक भट्टले १० दिन भित्र काम शुचारु नभए दक्षिणी जनता आफै सडकमा उत्रेर काम सुचारु गर्ने गराउने उद्घोष गरेकाे बताए ।

 

सीमा सराेकार समूहका संयोजक भट्टले उक्त सडक निर्माणमा नेपाली सशस्त्र प्रहरी बाटै संकास्पद भूमिका भएको आरोप लगाएका छन्। ‘यो सडक हाम्रो आफ्नै भूमिमा निर्माण भईरहेको छ, ‘उनले भने, ‘भारतीय पक्षले नेपाली भूमिमा हस्तक्षेप गर्दा विवाद देखाएर सशस्त्र प्रहरीले विवादित क्षेत्रमा तत्काल काम रोक्ने भनेपछि भारतीय पक्ष उत्साहित भएको रहेछ ।’

उता सीमा सराेकार समूहका सदस्य ओम प्रकाश पन्तले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा राखेका छन् । उनी भन्छन् – नेपाली भुमिमा भारतीय पक्षको रजाइँ कतिञ्जेल सहने यस्तै हाे भने अब सडकमा जनता उतार्छाै ।’

सदस्य पन्तले जसरी विगत द्वन्दकालमा भारतीय अधिकारीले नेपाली नापी टोलीलाई प्रभावमा राखेर जे जे भन्यो त्यही काम गरे जस्तै अहिले भारतीयले भने अनुरुप रक्षक बाटै संकास्पद भूमिका निर्वाह गर्दाको परिमाण भएको जिकिर गरे ।

 

No description available.

 

समूहले १० दिन भित्र हुलाकी सडकको काम सुचारु नभएर आन्दोलनको चेतावनी दिएकाे छ । अन्र्तराष्ट्रिय सीमा सरोकार समुहका अर्का सदस्य हरिश पन्तले पटक पटक भारतीय पक्षबाट सडक निर्माणमा हस्तक्षेप हुुँदा नेपाल सरकारले ठाेस कदम नचाल्नु दुखद् कुरा भएको बताए ।

सरकारले कञ्चनपुर सीमा विवादकाे विषयमा तत्काल ठाेस कदम चाल्नुपर्ने कुरामा उनलेे जाेड दिए । सरकारले सीमानी जनतालाई पटकपटक बलिको बाेकाे बनाउन लागेको बताउँदै यस्तो घृणित कार्य नगर्न समेत उनलेे चेतावनी  दिएका छन् ।

 

No description available.

 

यस्तै सराेकार समूहका जुझारु सदस्य हरिचन्द ठकुरीले नेपाली भुमिमा भारतीय पक्षले हस्तक्षेप गर्दा चुइक्क नबाेल्ने सरकारकाे अब सीमानी जनताले कडा प्रतिवाद गर्ने बेला आएको बताए । “उनलेे भने – जनताले जङ्गे पारा देखाउनु नपराेस् ।”

हुलाकी सडक विवादकाे विषयमा कञ्चनपुर प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले केही दिन भित्र समस्या समाधान गरिने आश्वासन दिए । छलफलमा प्रजिअ राम कुमार महताे, कञ्चनपुर प्रहरी प्रमुख मुकुन्द मरासिनी, सशस्त्र प्रहरी प्रमुख विरेन्द्र ऐर, अन्तर्राष्ट्रिय सीमा सराेकार समूहका संयोजक पल्लब राज भट्ट, सदस्य ओम प्रकाश पन्त, हरि चन्द ठकुरी, हरिश पन्त लगायत समूहका सदस्यहरुकाे सहभागीता रहेको थियोे ।