कञ्चनपुरका सिमा क्षेत्रमा नेपाली भूमि माथि एसएस.बी. को हस्तक्षेप,,खेतमा गए उठाएर लैजाने धम्की

कञ्चनपुर- कोरोना महामारीले नेपाल भारत दुवै देश आक्र्रान्तमा छन । तुलनात्मक रुपमा नेपाल भन्दा भारतबाट महामारीले उच्च रुप लिएको छ । महामारीकै मौका छोपी भारतीय पक्षले कञ्चनपुरको नेपाली भूमिमा हस्तक्षेप भने निरन्तर जारी राखेको छ ।

महामारी अघि पनि भारतीय पक्षले कञ्चनपुर स्थित नेपाली भूमिमा हस्तक्षेप गर्दै आएको थियो । महामारीका बेलामा पनि भारतीय पक्षले लकडाउकै बेला तीन स्थानमा हस्तक्षेप गर्दै आएको छ । पुर्व पश्चिम जोड्ने राष्ट्रिय हुलाकी राजमार्ग निर्माण कार्यदेखि स्थानीय सरकारले निर्माण गरिएको सडकमा पर्ने पुल र नेपाली किसानले लगाएको खेतीमा अवरोध गर्दै आएको छ ।

बेलौरी नगरपालिका ८ पचुई स्थित १२ सय मिटरमा कालोपत्रे गर्न अवरोध गरेको भारतीय पक्षले, भीमदत्त नगरपालिका ९ ब्रम्हेदमा निर्माण भईरहेको बाह्य चक्र्रपथ स्थित कल्र्भट निर्माणमा अवरोध गर्दै मंगलबार दोधाराचाँदनी गरपालिका ८ सुन्दरनगरका स्थानीय नेपाली किसानलाई खेती लगाउनबाट अवरोध गरेको छ । सुन्दरनगरका स्थानीय नारायण अधिकारीलाई बेसारखेतीबाट रोकेका छन ।

नेपाली किसान अधिकारीले भारतीय एसएसबीसंग गत बर्ष दशगजा छोडेर खेती लगाउन दिने सहमती भएपनि आज आएर किन ? अवरोध गरेको भन्दै प्रतिप्रशन गरिरहेका थिए । भारतीय एसएसबीले खेतमा गए उठाएर लैजाने धम्की दिएर फर्किएका छन ।

दोधाराचाँदनी नगरका प्रवक्ता दिल बहादुर सिजालीले नेपाली किसानको लगाएको खेतीमा भारतीय पक्षबाट भएको अवरोधको भत्र्सना गर्दै गत बर्ष भएको सहमती भारतीय पक्षले पालना नगरेको बताए । गत बर्ष सीमा क्षेत्रमा रहेका दुवै देशका नागरिकलाई दशजगा क्षेत्र छाडेर खेती गर्न दिने सहमती भएपनि भारतीय एसएसबीले सिधै नेपालीको खेतमा आएर अवरोध गर्ने कार्य निन्दनिय भएको बताए ।

अन्र्तराष्ट्रिय सीमा सरोकार समुहका सदस्य ओम प्रकास पन्तले पटक पटक भारतीय पक्षबाट भएको अवरोधले सडक निर्माण कार्य रोकिएको बताए । ‘भारतले अवरोध गरेसंगै सडकको काम रोकिएको छ, ‘उनले भने, ‘सडकको काम अवरोधसंगै सरोकार समुहले प्रमुख जिल्ला अधिकारीलाई भेटेर काम शुचारु गर्न माग गरेका छौँ ।’

सरोकार समुहले १०दिन भित्र काम शुचार नभए जनता लगाएर काम गराउने उद्घोष गरेका छन । भारतीय पक्षले ब्रम्हदेबमा भीमदत्त नगरपालिकाले निर्माण गरिरहेको चक्रपथ अन्र्तरगत कल्र्भट निर्माणमा अवरोध गरेसंगै काम रोकिएको भीमदत्त नगरपालिका ९का वडाध्यक्ष राम नाथले बताए ।

‘भारतीय पक्षले गत बैशाखमै रोकेको काम अझै शुरु भएको छैन, ‘उनले भने, ‘जनप्रतिनिधी सहित प्रशासनिक निकायका अधिकारीले अवलोकन गरेर गए निर्माणका लागि पहल गरेनन् ।’कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले भारतीय पक्षबाट अवरोध गरिएको हुलाकी सडक सहितका योजना शुचारुका लागि भारतीय पक्षसंग पहल गरिने बताए ।

महामारीका बेला हुलाकी सडक सहित कञ्चनपुरको नेपाली भूमिमा भईरहेको हस्तक्षेप निन्दनिय भएकाले हस्तक्षेपकारी कार्य रोक्न अनुरोध गरेका छन । भारतीयले महामारीका बेला नेपाल र नेपालमाथि ज्यादती गरिरहेको भन्दै निन्दनिय कार्यको भत्र्सना गरिएको छ ।