बेलौरी प्रहरीको अपरेशन २ दिनमा ठुलो परिमाणमा लागु औषध सहित ७ जना पक्राउ

रमेश प्रसाद भट्ट /कञ्चनपुर-  बेलौरी प्रहरीले अपरेशन क्रममा २ दिनमा ठुलो परिमाणमा लागु औषध सहित ७ जना पक्राउ गरेको छ । पछिल्लो समय जिल्लाका खुला सिमा नाकाहरुबाट अबैध कार्य बढन थालेपछि बेलौरी प्रहरीकोे बिषेश अपरेशनले २ दिनमा ठुलो परिमाणमा लागु औषध सहित ७ जना पक्राउ गरेको हो ।

मंगलबार ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख कमल कुमार खडकाको कमाण्डमा खटिएको ७ जनाको टोलीले बेलौरी न.पा.वडा नम्बर- ८ कलकत्ता बजार स्थित बाट पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको चालक जिल्ला कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर- ९ राजघाट बस्ने ईश्वर बहादुर ऐरको छोरा बर्ष २४ को लाल बहादुर ऐरले चलाएको से.६ प.८०९९ नम्बरको मोटरसाईकल पछाडी सवार सोहि ठाउँ.बस्ने नर बहादुर साउदको छोरा बर्ष २२ को मो.सा.पछाडी सवार चन्द्र बहादुर साउदले आफु बसेको सिटमा मुनी लुकाई छिपाई राखेको अवस्थामा उनकोको साथबाट ७.७६० ग्राम लागु औषध खैरो हेरोईन प्रहरी बरामद् गरको छ ।

यस्तै बेलौरी नपा.वडा नं. ६ बिद्यानगर स्थित पश्चिमबाट पुर्व तर्फ आईरहेको चालक  शुक्लाफाँटा न.पा.१० झलारी मुक्तिशिबिर बस्ने धनिराम चौधरीको छोरा बर्ष २४ को महेश चौधरीले चलाएको सु. प. प्र. ०२(००३ प ६७२४ नम्बरको मो.सा. र पछडी सवार ऐ. लालझाडी गा.पा.२ कञ्ज बस्ने जगत राम चौधरीको छोरा वर्ष २५ को रण ब. चौधरीको साथबाट लागु औषध ७.५९० ग्राम खैरो हेरोईन र खैरो धुलो ४.७६० ग्राम गरी जम्मा १२.३५ ग्राम फेला पारी बरामद गरी उक्त मो.सा. र निजहरु दुबै जनालाई आवश्यक कार्वाहीका लागि ईलाका प्रहरी कार्यालयमा राखिएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरिक्षक कमल कुमार खड्काले कञ्चनपुर खबरलाई जानकारी दिनु भयो ।

उहाँका अनुसार बेलौरी क्षेत्रमा हरेक तवरबाट सुरक्षा सतर्कता बढाए संग प्रहरीले लागु औषध नियन्त्रण र अबैध कार्य नियन्त्रणमा सफता पाउदै गएको बताए । उने भने हामिले प्रहरी अपरेशनलाई थप कडा पारेपछि लागु औषध रोकथाममा अझ सफलता पाउदै गएको भन्दै बेलोरी प्रहरी हरेक सवालमा जनताको जिउधनको सुरक्षा समेत कतिबद्ध ढंकले लागि रहेको बताए ।

यस्तै गत जेठ ३० र ३१ गते पनी ठुलो परिमाणमा प्रहरीले लागु औषध खैरो सहराईन सहित पक्राउ गरेको छ । यसरी दुई दिनमा मात्रै बेलौरी प्रहरी अपरेशनले ४२.२२ ग्राम खैरो हिरोईन सहित ७ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धाई भईरहेको प्रहरी निरिक्षक खड्काले बताउनु भयो ।