कञ्चनपुर: समाजसेवि ओझा काँग्रेसको विज्ञ सदस्यमा चयन

रमेश प्रसाद भट्ट/कञ्चनपुर-  जनबाहिनी नेपालका केन्द्रीय सदस्य तथा समाजसेवी विकासप्रेमी भ्रष्टाचारका विरुद्धमा बुलन्द आवाज उठाउने यस्तै भूमिहिन, दलित सुकुमबासी आरक्षपीडित लगायत युवाका पक्षमा आवाज उठाउँदै आएका सिरोमणी कुमार ओझा(सुर्य) काँग्रेसको विज्ञ सदस्यमा चयन भएका छन । नेपाली काँग्रेस शुभेच्छुक संस्था समन्वय विभागको केन्द्रीय विज्ञ सदस्यमा चयन भएका हुन ।  एक अभियन्ता समेत उहाँ हुनुहुन्छ ।

विभागका प्रमुख काँग्रेस केन्द्रीय सदस्य एनपी साउनले उनलाई विज्ञ सदस्यमा नियुक्त गरेको हो । काँग्रेसको विज्ञ सदस्यमा नियुक्त भएका ओझाले विभागले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन । स्थाई बसोवास कञ्चनपुर भएका ओझा विगत लामो समय देखि एक अभियन्ताको रुपमा काम गर्दै आउनु भएको छ ।