रौतेली विचुवा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

रमेश प्रसाद भट्ट/ कञ्चनपुर-  बेलडाँडी गाउँपालिका वडा नम्बर ५ मा रहेको रौतेली विचुवा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । विहिबार स्वास्थ्य सेवा विभागबाट नेकपा नेता खेम सुवेदीको विशेष पहलमा ल्याईएका स्वास्थ्य सामाग्रीहरु रौतेली विचुवा स्वास्थ्य चौकीमा बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीलाई हस्तान्तरण गरीएको हो ।

हस्तान्तरण गरिएका स्वास्थ्य समाग्रीमा अक्सीजन सिलेन्डर २ थान, अक्सीजन कन्सन्ट्े्रटर १ थान,सर्जिकल मास्क ४०० थान,पल्स अक्सीमिटर २, एन. ९५ मास्क ५०, थर्मल गन २, फेस सिल्ड ५०,ईक्जामिनेशन ६०० थान लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको नेकपा नेता खेम सुवेदीले बताउनु भयो ।

सामाग्री ग्रहण गदै गाउपालिका अध्यक्ष थापा क्षेत्रीले स्वास्थ्य विभाग र पहलका लागि सुवेदीलाई धन्यावाद व्यक्त गर्नु भएको थियो ।