गौरीफन्टा नाकामा कञ्चनपुरको बेदकोटका एक जनाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरसंग जोडिएको गौरीफन्टा नाकामा फेरि एक जनाको मृत्यु भएको छ । भारतको वनगाउँबाट आफन्त भेटेर आएका कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर- २ रौतेली बिचुवाका ५५ वर्षीय रामदिन रानाको नाकामै मृत्यु भएको हो ।

बनगाउँबाट आएर नाकामा भेटिएका आफन्तसंग उभिएर कुरा गरिरहेकै बेला एक्कासी बेहोस् भएर ढलेपछि उनको मृत्यु भएको कञ्चनपुरको परासन प्रहरी चौकीका हवल्दार परमानन्द जोशीले जानकारी दिए ।

नाकामै ढलेका बेहोस् रानालाई सेती प्रादेशिक अस्पतालमा पुर्याएपछि चिक्सिकले मृत घोषणा गरेको प्रहरी हवल्दार जोशीले बताए । उनको शव अहिले अस्पतालमै राखिएको छ भने घटनाबारे आफन्तलाई खबर गरिएको उनले बताए ।

गौरीफन्टा नाकामा गत मंगलबार मात्रै  भारतबाट आएका कञ्चनपुरकै कृष्णपुर नगरपालिका वडा नम्बर- १ दोमिल्लाका ५२ वर्षीय      खडक बहादुर शाहको मृत्यु भएको थियो ।