दाेदा नदि गाउँमा पसेपछि कञ्चनपुरकाे दक्षिणी भेगका अधिकाशं बस्ति डुवानमा,क्षतिकाे विवरण आउन बाकि

कञ्चनपुर -सुदुरपश्चिमका पहाडी जिल्लामा परेकाे अबिरल बर्षाको कारण दोदा नदीमा आएको बाढीले कञ्चनपुरकाे दक्षिण क्षेत्र डुबानमा परेकाे छ ।

शुक्रबार राति परेकाे अबिरल बर्षाले दाेँदा नदिमा आएकाे बाढी बस्तीमा पसेपछि कञ्चनपुरको लालझाडी र पुनर्वासका २०० बढी घरधुरि डुबानमा परेका हुन । बाढीका कारण डोकेबजार – बेलौरी हुलाकी राजमार्गमा आवागमन नराम्ररी प्रभावित बनेको छ ।

अबिरल बर्षाले कञ्चनपुरकाे बेलाैरी नगरपालिका, लालझाडी गाउँपालिका र पुनर्वास नगरपालिकाका घरहरु डुबानमा परेका छन । डुबान बाट मानविय क्षति नभएपनि घरमा भण्डारण गरि राखिएकाे अन्नबालि र पशुचाैपाया पानिले बगाएकाे स्थानियहरूले बताएका छन ।

लालझाडी गाउँपालिकामा किसानले पालन गरिरहेका माछा समेत बाढीले बगाएकाे लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले जानकारी गराए ।

बाढी प्रभावित क्षेत्रमा नेपाली काँग्रेसका नेता एवं पुर्व साँसद दिवान सिंह बिष्टले अनुगमन गरेका थिए । उहाँले बाढिबाट प्रभावितलाई राहात तथा उद्वारका लागि जुटन कार्यकतालाई दिर्देशन दिनु भएकाे छ ।

बाढीले डुबानमा परेका केही मानिसलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेकाे छ । क्षतिकाे याकिन विवरण भने अाउन बाकि रहेकाे छ ।