काँग्रेस पुनर्वास सभापतिमा शुक बहादुर तामाङ्ग विजयी

कञ्चनपुर- नेपाली काँग्रेसकाे पुनर्वास नगर कार्य समितिका लागि शनिबार भएकाे निर्वाचनमा शुक बहादुर तामाङ्ग सभापतिमा विजयी भएका छन ।
नगर सभापतिका लागि शुक बहादुरले आफ्ना प्रतिस्पर्धी दिल बहादुर बाेहरालाई १० मतले पछि पार्दै सभापतिमा विजयी भएका हुन ।

तामाङ्गले ७३ मत पाए भने बाेहराले ६३ मत प्राप्त गरेका थिए । कुल मतदाता १६९ रहेकाेमा १६७ मत खसेकाे थियाे, भने ११ मत बदर भएकाे थियाे । उपसभापतिका उमेद्वार खगेन्द्र अाेझाले ८९ मत र नगेन्द्र श्रेष्ठले ७९ मत ल्याएर विजयी भएका छन।

त्यसै गरि सचिव पदका उमेद्वार परि रावलले ८० मत र चन्द्रमणी गैरेले ७७ मत ल्याएर विजयी भएका छन । सह सचिवका उमेद्वार राम कुमार रानाले ७५ मत र लाैटन रानाले ७२ मत ल्याएर बिजयी भएका छन ।