काँग्रेस भिमदत्त नगर सभापतिमा कलाैनी विजयी

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगर पालिकामा शनिबार सम्पन्न नगर कार्य समितिका लागि भएकाे निर्वाचनमा सभापतिमा अच्युतराज कलौनी निर्वाचित भएका छन् ।

सम्पन्न मतगणनामा कलाैनिका प्रतिद्वन्दि आशिष खत्रीलाई पराजित गर्दै कलौनी नगर सभापतिमा विजयी भएका हुन्।

उनले खत्रीलाई एक सय १३ मतले पराजित गरेका छन्। कलौनीले २ सय ५० पाउँदा खत्रीले एक सय २७ मत ल्याएका छन्।