बेलडाँडीका एक युवक घरमै सुतेकाे अवस्थामा मृत फेला

रमेश प्रसाद भट्ट/कञ्चनपुर- एक हप्ता अघि बैदेशिक राेजगारीबाट घर फर्किएका जिल्लाकाे दक्षिणी क्षेत्र बेलडाँडी गाउपालिकाका वडा नम्बर- १ का जनक राज भट्टकाे घरमै सुतेकाे अवस्थामा मृत फेला परेका छन् ।

२२ गते शुक्रबार राति खाना खाएर सुतेका केशब दत्त भट्टका छाेरा २३ बर्षिया जनक राज भट्टकाे सुतेकाे अवस्थामा अाफ्नै घरमा मृत फेला परेका हुन ।

बिहान सम्म सुतेकाे अवस्थामा रहेका जनकलाई घरका मान्छेले बिउझाउदा नउठेपछि मृत्यु भएकाे थाहा पाएपछि शनिबार विहान करिब १० बजेतिर मृतकका भाइ पदम भट्टले बेलडाँडी प्रहरीलाई फाेन गरेका थिए ।

ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट प्रहरी नायब निरिक्षक अानन्द बहादुर चन्द र ईप्रका बेलाैरीबाट प्रहरी निरीक्षक कमल कुमार खड्काकाे कमाण्ड खटिएकाे प्रहरी टाेलि घटनास्थल पुगि हेर्दा जनककाे मृत्यु भईसकेकाे अवस्थामा फेला परेकाे ईलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएकाे छ ।

भट्ट एक हप्ता अघि मात्रै बैदेशिक जाेगारीकाे शिलसिलामा दुबैबाट गरी घर अाएका थिए । उनकाे शव पाेष्टमार्टमका लागि शनिबार दिउसाे १ बजे महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाईएकाे ई.प्र.का. बेलडाँडीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक टेक सिह कार्किले जानकारी दिनु भयाे ।

“घटना के कति कारणले भएकाे हाे, भन्ने बारेमा थप अनुसन्धान भईरहेकाे उहाँले बताउनु भयाे ।” घटनाकाे वितृत विवरण पाेष्ट मार्टमबाट समेत खुल्ने प्रहरी नायव निरिक्षक कार्किले बताउनु भयाे ।