बर्दियामा पाटे बाघको आतंक,, दिउसै एक जनाको ज्यान लियो

बर्दिया- बर्दियामा पाटे बाघको आतंकले दिउसै मान्छेको ज्यान लिन थालेको छ । दिउसै मान्छे खानथालेछि त्यहाका मानिस आतंकित बनेका छन् । बर्दियामा पाटे बाघको आक्रमणबाट बेपत्ता भएका पुरुषको शव भेटिएकाे छ।

पाटे बाघले बेपत्ता बनाएकाे ४० वर्षका जनकबहादुर थारुको शव गएराति साढे ११ बजे बर्दिया राष्ट्रिय निकुञ्ज नजिक गेरुवा गाउँपालिकाकाे गोर क्षेत्रमा फेला परेको हो ।

हिजो दिउँसो गेरुवा गाउँपालिका-४ ढुकुनियामा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा पाटे बाघले आक्रमण गरी थारुलाई बेपत्ता पारेको थियो । थारुलाई बाघले लगेलगत्तै बर्दिया निकुञ्जका चार वटा हात्तीसहितको टोलीले खोजी गरेकाे थियाे ।