कञ्चनपुरमा दशै-दिपावलीका समय मदिरा विक्री वितरण गर्न नपाईने

डिल्लीराज पन्त/कञ्चनपुर- कञ्चनपुरमा दसैं र दिपावलीका वेला मदिरा बिक्री–वितरणमा रोक लगाइएको छ । स्थानिय प्रशासनले रोक लगाएपछि मदिराजन्य पदार्थ चाडवर्पका दिन मदिराजन्य पदार्थ बिक्री–वितरण गर्न नपाईने भएको हो ।

जिल्ला प्रशासन, आन्तरीक राजश्व कार्यालय, होटेल व्यवसायि संघ , मदिरा व्यवसायि संघ लगायत सर्वदलिय बैठकमा विजयादशमी र शुभ — दिपावलीका बेला ३६ घन्टाका लागी मदिरा बिक्री–वितरणमा रोक लगाउने निर्णय गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेयको अध्यक्षतामा वसेको बैठकले चाडवाडका बेला मदिरा वित्रि वितरण नियन्त्रण तथा नियमन गर्न स्थानिय प्रशासनले नवमीको साझ ७ वजे देखि दिनदेखी दशै टिकाको राति १२ वजे सम्मम्म मदिरा बिक्री–वितरणमा रोक लगाएको हो ।

त्यस्तै दिपावली मा समेत भाई टिकाको अघिल्लो दिन अर्थात कार्तिक १९ गते साझ ७ वजे देखी कार्तिक २० गते राति १२ वजे सम्म मदिरा विक्रि वितरणमा रोक लगाएको छ ।

चाडपर्वका बेला मदिरा बिक्री–वितरण र सेवनले समाजमा अशान्ति मच्चाउने, झै–झगडा हुने, दुर्घटना निम्तिने र महिलामाथि हिंसालगायतका घटना हुने भएकाले अवाञ्छित क्रियाकलाप न्यूनीकरणका लागि रोक लगाउने निर्णय गरीएको महिला सञ्जाल तथा मदिरा नियन्त्रण समिति कन्चनपुरका अध्यक्ष भगवती थापाले जानकारी दिनुभएको छ ।

मदिरा बिक्री–वितरण र सेवनमा रोक लगाउनका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मार्फत सवै प्रहरीका ईकाइमा पत्राचार गरीसकेको छ ।

उता कञ्चनपुर प्रहरीले पनि जिल्ला भरी चाडवाडका बेला विशेष सुरक्षा योजना अन्र्तगत गाउँ टोल तथा वजारहरुमा गस्ती टोली र सादा पोसागका प्रहरी परिचालन गर्ने जनाएको छ ।

असमाजिक कार्य , अवान्छित कृयाकलाप गर्ने र बेचविखनमा रोक लगाइएकाबेला मदिरा बिक्री–वितरण तथा सेवन गरेको पाइएमा कानुन वमोजिम कार्वाही गरीने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डि.एस.पि शिद्धराज न्यौपानेले वताउनुभयो ।

जिल्ला प्रशासन र सरोकारवाला निकायले समाजमा शान्ती सुरक्षा कायम गरी राख्न यस्ताखाले निर्णयले अपराधिक गतिविध न्युनीकरण गर्न थप मद्यत पुग्ने भएकाले निर्णय मात्रै नगरी कार्यान्वयनमा समेत ल्याउनुपर्ने हुन्छ ।