बेलडाँडी फुटबल महोत्सवमा अलस्टार युवा क्लव र हिम सागर झिलमिला फाईनलमा प्रवेश

रमेश प्रसाद भट्ट /कञ्चनपुर-  दशै तथा दिपावलीको अवसर पारी एकता युवा क्लवको आयोजजामा बेलडाँडीमा जारी स्थानीय फुटबल महोत्सव २०७८ मा अलस्टार युवा क्लव र हिम सागर विकास केन्द्र झिलमिला फाईनलमा प्रवेश गरेका छन् ।

आज सेमिफाईनलका खेलहरु सम्पन्न भएका हुन । उपाधिका लागि फाईनल खेल भोलि २८ गते दिउसो २ अलस्टार  र हिम सागर झिलमिला  विच खेल हुने आयोजक एकता युवा क्लवका खेल संयोजक सचिन कठायतले जानकारी दिनु भयो । दुबै टिम विच निकै उपाधिका लागि कडा प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेलमा अलस्टार युवा क्लवले प्रगती एकता समाज लाई ४-२ गोलको अन्तरले हराउदै फाइनलको यात्रा तय गरेको हो । यसैगरी हिमसागर युवा विकास केन्द्र झिलमिला र बेलौरी नगरपालिका-६ बिच भएको दोस्रो सेमिफाइनल खेलमा बेलौरी नगरपालिका -६ लाई हिमसागरले ३-० गोलको अन्तर हराउदै हिमसागरले आफ्नो फाइनलको यात्रा तय गरेको हो ।

अल स्टारको तर्फबाट जर्सी नम्बर -११ का विशाल शाहीले २ गोल,विशाल शाह र पुष्कर बोहराले टिमको लागि एक(एक गोल गरेका थिए । प्रगतिको तर्फबाट गणेश कार्कि र विपिन भट्टले आफ्नो टिमका लागि समान एक-एक गोल गर्दा पनि टिमलाई भने जित दिलाउन सकेनन् ।

हिमसागरको तर्फबाट हिक्मत बुढा,नरेन्द्र रोकाया र शेखर ओखेडाले आफ्नो टिमको लागि समान एक-एक गोल गर्दै टिमलाई जित दिलाउन सफल भएका हुन ।

प्रतियोगितामा प्रथम हुने विजयी टिमले नगद रू २१ हजार र कप प्राप्त गर्नेछ, भने उप-विजेता टिमले नगद रू ११ हजार र कप पुरूस्कारको व्यवस्था गरीएको आयोजक खेलका संयोजक कठायतले कञ्चनपुर खबरलाई बताउनु भयो ।

विगतका बर्षहरूमा समेत आयोजना गर्दै आएको क्लवले यश बर्ष पनि फुटबल प्रतियोगिताको आयोजना गरेको हो । बेलडाँडीमा प्रतियोगिता आयोजना भएपछि स्थानिय स्तरमा खेल क्षेत्रमा निकै रौनकता थपिएको स्थानीयहरूको भनाई रहेको छ ।

यहि असोज २२ गते देखि दशै तथा दिपावलीको अवसर पारी रौलेश्ववर माध्यामिक बिद्यालयको प्रागंणमा एकता युवा क्लवको आयोजजामा स्थानीय फुटबल महोत्सव २०७८ भएको थियो । प्रतियोगितामा स्थानीय स्तरका १६ टिमको सहभागिता रहेका थिए ।