कञ्चनपुरको बन्द मझगाँउ विमानस्थल सञ्चालन हुने

डिल्लीराज पन्त/ कञ्चनपुर – विगत दुई दशक देखि बन्द अवस्थामा रहेको कञ्चनपुर स्थित मझगाँउ विमानस्थल संचालनमा आउने भएको छ । द्धन्दकालमा सुरक्षाको कारण देखाउदै वन्द गरेको विमानस्थल स्तरोन्नती र संचालनका निमित्त सवै सरोकारवाला निकायले पहल र स्थानिय नागरीकहरुले दवावपुर्ण आन्दोलन थाल्दा विमानस्थल पुनः संचालनमा आउने भएको हो ।

 विगत दुई दशक देखि बन्द अवस्थामा रहेको कञ्चनपुर स्थित मझगाउ विमानस्थल संचालनमा आउने भएको छ । विमानस्थल पुनह सञ्चालन गर्नुपर्ने भन्दै २०७६ साल जेठ ९ गते पुर्व क्षेत्रिय वन अधिकृत रमेश वहादुर चन्दको संयोजकत्वमा मझगाउ विमानस्थल पुनह सञ्चालन संघर्ष समिति गठन गरी पटक पटक सरोकालवाला निकायको ध्यान आकर्षण गरे पश्चात नेपाल नागरिक उड्ययन प्राधिकरण संग सुदूरपश्चिम प्रदेश का साथै कञ्चनपुरको भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाले साझेदारी गरी वजेटको व्यवस्थापन गरे संगै विमानस्थल पुनः सञ्चालनमा आउने निश्चितप्रायः भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारले २५ प्रतिशत , भिमदत्तनगरपालिकाले १५ प्रतिसत तथा दोधारा चाँदनीले १० प्रतिशत खर्चमा नागरीक उडड्यन प्राधिकरण संग साझेदारी गरेका छन् । २०७७ फागुन ३ गते सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय सरकार र मन्त्रालयबीच त्रिपक्षीय सम्झौता भएको थियो । २०५६ देखी सुरक्षाको कारण देखाउदै बन्द भएको विमानस्थल पुनः सञ्चालन गर्ने भन्दै राजनितिक दलले २०७४ को आम निर्वाचनको प्रमुख चुनावी एजेन्डानै वनाएका थिए र यसका लागि एमाले वाट निर्वाचित संघीय साँसद डा. दिपक प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशका साँसदहरु प्रकाश रावल, मान बहादुर सुनार, सहित यहाका जनप्रतिनिधिरु समेत लागी परेका थिए ।

तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्राविधिक समिति बनाएर विमानस्थल पुनः सञ्चालन कार्य अघि बढाएका थिए । त्यसपछि विमानस्थल संरक्षणका लागि तारबार समेत गरीएको थियो ।स्थानीय तह सहितले खर्च व्यहोर्न साझेदारी गरेपछि प्राधिकरणले ठेक्का आव्हान गरी पुनः सञ्चालन कार्य अघि बढाएको र अहिले सरकार परिवर्तन हुदा केहि अड्चन आएपनी एक महिना भित्रै विमानस्थल निर्माण कार्य सुरु हुने भन्दै एक वर्ष भित्र विमानस्थल सञ्चालनमा ल्याएरै छोड्ने एमाले केन्द्रिय सदस्य एवं कञ्चनपुर ईन्चार्ज निरु पालले बताउनुभएको छ । 

गत वर्ष १ करोड रकम प्राधिकरणमा पठाइएकोे भिमदत्त नगरपालिकाले मात्रैे चालु आर्थिक वर्षमा दुई करोड ५० लाख रकम पठाएको हो । भीमदत्तले हालसम्म नगरपालिकाले साझेदारीका लागि प्रतिवद्धताको गरेको रकममध्ये ३ करोड ५० लाख पुगेको छ । दोधारा चादनी नगरपालिकाले १० प्रतिशत रकम बेहोर्ने भएको छ विमानस्थल सञ्चालनमा ल्याउन चाहिने बाँकी ५० प्रतिशत खर्च प्राधिकरण आफैंले व्यहोर्न भएको छ । विमानस्थल पुर्न निर्माणका लागी कुल ४५ करोड ६६ लाख २४ हजार लागत स्टिमेट गरी ठेका सम्झौता भईसकेको छ । जसमा पहिलो चरणमा धावन मार्ग निर्माणको कार्य हुने जनाईएको छ ।

झण्डै पचास वर्ष अघि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द्वकालमा बन्द भएपछि गौचरण बनेको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धन, स्थानीयलाई हवाई यातायात सुविधा र आर्थिक कारोबारका लागि विमानस्थल सञ्चालन हुनु पर्ने भिमदत्तनगर नगर पर्यटन विकास समितिका उपाध्यक्ष कर्ण बहादुर चन्दले बताएका छन ।

विमानस्थल सञ्चालनका लागि एक हजार दुई सय मिटरको रनवेलाई एक हजार ६ सय ८५ मिटर पुगाउनु पर्ने समितिले सुझाव दिएको थियो । सो अनुरुप रनवेका लागी चाहिने जग्गा समेत पुरा रहेको ले विमानस्थल सञ्चानलमा कुनै प्रविधिक समस्या समेत नदेखिएको प्रतिवेदन नागरीक उड्ययन लाई प्राप्त भएको थियो ।

महाकाली नदिमा निर्माण सम्पन्न हुनै लागेको ४ लेनको मोटरेवल पुल सञ्चालनको तयारीमा रहेको छ भने कञ्चनपुरको दोधारा चादनी नगरपालिकामा सुख्खा वन्दरगाह निर्माण गर्न डिपिआर तयार भईरहेको अवस्थामा कञ्चनपुरमा विमानस्थल को आवस्यकता रहेको भन्दै कञ्चनपुरका २ स्थानिय तहले प्रतिवद्धता अनुरुप वजेट विनियोजन गरी प्रधिकरणको खातामा पठाईसकेको भिमदत्तनगर का प्रवक्ता हिमाल बहादुर चन्दले बताउनु भएको छ ।

कञ्चनपुर सिमावर्ति जिल्ला हो । जिल्लाको प्रमुख नाका गड्डाचौकी वाट भारतिय तथा तेस्रो मुलुक वाट आउने प्रयटकहरु काठमाडौं, पोखरा, लुम्वीनी लगायत पर्यटिकिय क्षेत्र घुम्न आउने भएकाले पनी मझगाउ विमानस्थल संचालन आए आर्थिक सुदुरपश्चिममै आर्थिक विकासमा टेवा पुग्ने देखिन्छ ।