बेलडाँडी फुटवल महोत्सको फाईनलमा हिमसागरले अलस्टार विरुद्ध ३-० गोल, नतिजा भने स्थगित

रमेश प्रसाद भट्ट/कञ्चनपुर- बेलडाँडीको रौलेश्वर मा.वि.को प्राङ्गणमा जारी स्थानिय फुटवल महोत्सवमा फाईनल खेल अन्तरगत हिम सागर विकास केन्द्र झिलमिलाले अल स्टार युवा क्लव विरुद्ध ३-० गोल हानेको छ ।

विहिवार सम्पन्न फाईनल खेलमा हिम सागरले अल स्टार विरुद्ध ३-० गोल हाने पनी टिममा नामनै नभएको खेलाडीले खेल खेलेको भन्दै अलस्टारले छानविन गरी पाउँ भनी निवेदन दिए पछि आयोजकले नतिजा भने घोषणा नगरी स्थगित गरेको छ ।

हिमसागरले २ गोल हानी सकेको थियो, खेलको मध्यान्तर पछि खेल भईरहेका समयमा अलस्टारले खेलाडीको विषयमा निवेदन दिएका थिए । अलस्टरले टिममा नभएको खेलाडीलाई खेल खेलाईएको भन्दै निवेदन आएकाले आवश्यक छानविन गर्नु पर्ने भएका कारण नतिजा स्थगित गरीएको आयोजक खेलका संयोजक सचिन कठायतले बताउनु भयो ।

हिम सागर युवा क्लब झिलमिला

उनले भने ”खेलको नतिजा घोषण भने दशैको अर्को दिन २९ गते गरिने समेत बताए । यसमा त्रुटि भने आयोजकबाट भएको समेत खेल संयोजक कठायतले स्वविकार गर्नु भएको छ ।” हिम सागरले शुरुमा आयोजकलाई बुझाएको खेलाडीहरुको नाम लिष्टको पाना हराएकाले त्रुटि भएको बताए ।

हिमसागरका टिम लिडर ईन्द्र बहादुर खड्काका अनुसार आफुले खेल खेल्दै गरेका सबै खेलाडीको नाम आयोजकलाई बुझाएको बताए ।उनले भने ‘हामिले आयोजकलाई बुझाएको लिष्टनै आयोजकबाट हराएको बताए ।’ ”यसमा हाम्रो के दोष यदि नामै नभएको खेलाडी भएको भए किन आयोजकले नाम लिएर बोलाए” उनले भने । हामिबाट कुनै बदमासि भएको छैन, नाम लिष्ट सुरक्षित राख्ने काम आयोजकको भएकाले यसमा विवाद रहने कुनै ठाउनै नरहेको बताउदै हिम सागरले खेल जितेको बताए ।

तर उता अल स्टार युवा क्लवका अध्यक्ष चेत बहादुर शाहले भने हिमसागरले टिममा आयोजकलाई बुझाएको नाम लिष्टमै नभएको खेलाडीलाई खेल खेल्न दिएपछि छानविनका लागि आयोजकलाई निवेदन दिएको बताए । उनले भने ‘नियम अनुसार जे हुन्छ, त्यहि हुनु पर्ने माग रहेको शाहले बताउनु भयो ।’

अलस्टार युवा क्लव

दशै तथा दिपावलीको अवसर पारी एकता युवा क्लवको आयोजजामा यहि  २२ गतेबाट बेलडाँडीमा जारी स्थानीय फुटबल महोत्सव २०७८ को आयोजना गरीएको हो । प्रतियोगितामा प्रथम हुने विजयी टिमले नगद रू २१ हजार र कप प्राप्त गर्नेछ, भने उप(विजेता टिमले नगद रू ११ हजार र कप पुरूस्कारको व्यवस्था गरीएको आयोजक खेलका संयोजक कठायतले कञ्चनपुर खबरलाई बताउनु भयो ।

प्रतियोगितामा स्थानीय स्तरका १६ टिमको सहभागिता रहेका थिए ।