बेलडाँडीमा दिउसै बाघले बाख्रा र गाईवस्तु माथि आक्रमण गर्न थाल्यो,, स्थानिय त्रसित

रमेश प्रसाद भट्ट/ कञ्चनपुर- जिल्लाको दक्षिणी भेग बेलडाँडी गाउँपालिकामा बाघले दिउसै आक्रमण गर्न थालेको छ । बाघ गाउँ भित्र पसि दिनहु जसो साझ विहानको समयमा बाख्रा र गाईवस्तु माथि आक्रमण गर्न थालेको हो ।

पटक-पटक गाउँमै पसि बाख्रा र गाँईवस्तु आक्रमण गदै आएको बाघले शनिबार साझ साझ ६ तिर फेरी बेलडाँडी गाउँपालिका- २ क्याम्पका रंगबिर बस्नेतको गोठमा पसि बाख्रो खाई दिएको छ ।

तिनै बस्नेतको केहि दिन अघि गोरु समेत बाघले खाईदएको थिए । नेपाली सेनाको व्यारेक आसपासका वस्तीमा बाघले पशुजन्य वस्तुमा आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बन्दा समेत कुनै निकायले चासो नदेखाएको थानीय मदन भट्टले बताउनु भयो ।

सोहि दिन विहान शंकर दत्त भट्टको गोठमा पसि बाघले गार्ईलाई घाइते बनाएको थियो । यसरी शुक्लाफाँटा निकुञ्जबाट बाघ गाउँवस्ती पसेर आक्रमण गर्न थालेपछि अब कतै मान्छे माथि समेत आक्रमण गर्ने होकि, भनेर त्रसित बनेका छन् । बाघ नियन्त्रणका लागि सम्बन्धित निकायले बेलैमा ध्यान दिनु पर्ने सो क्षेत्रका स्थानियको भनाई रहेको छ ।