टी–२० विश्व कप : वेस्ट इन्डिजले बङ्गलादेशलाई ३ रनले हरायाे

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप अन्तर्गत ‘सुपर १२’ काे खेलमा आज शुक्रवार भएकाे पहिलाे खेलमा वेस्ट इन्डिजले बङ्गलादेशलाई तीन रनले हराएकाे छ ।

वेस्ट इन्डिजले दिएकाे एक सय ४३ रनकाे लक्ष्य पछ्याएकाे बङ्गलादेशले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ३९ रनमात्र बनाउन सक्याे । बङ्गलादेशका लागि लिटन दासले ४४ र कप्तान महमदुल्लाहले अविजित ३१ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका रवि रामपल, जेसन हाेल्डर, आन्द्रे रसेल, अकेल हुसेनन र ड्वेन ब्राभाेले एक/एक विकेट लिए ।

यसअघि शारजाहमा टस हारेर पहिले ब्याटिङ गरेकाे वेस्ट इन्डिजले २० ओभरमा सात विकेट गुमाएर एक सय ४२ रन बनायाे । वेस्ट इन्डिजका लागि निकाेलस पूरनले ४० र राेस्टन चेसले ३९ रन बनाए । बलिङतर्फ बङ्गलादेशका मेहदी हसन, मुस्ताफिजुर रहमान र शाेरिफुल इस्लामले दुई/दुई विकेट लिए ।

आजकाे खेल जितेसँगै वेस्ट इन्डिज सेमिफाइनलमा जाने सम्भावना कायम छ । यसअघिका दुई खेल हारेकाे बङ्गलादेश दुई अङ्कसहित अङ्क तालिकाकाे पाँचाैँ स्थानमा छ । बङ्गलादेशले भने लगातार तीन खेलमा हार बेहाेरेकाे छ ।