पत्रकार जाेशीले जन्मदिनकाे अवसरमा विद्यालयलाई गरे शैक्षिक सामग्री सहयाेग

कञ्चनपुर – विगत एक दशक देखि पुनर्वासमा पत्रकारिता गर्दै आएका पत्रकार हरिलाल जोशीले शनिबार आफ्नो जन्मदिनकाे अवसरमा अाफुले अध्ययन गरेकाे विध्यालयमा शैक्षिक सामाग्री सहयोग गरेर मनाएका छन् ।

हेल्लाे पुनर्वास दैनिक पत्रिकाका बेलाैरी-पुनर्वास ब्युराे प्रमुख रहेका जाेशीले पुनर्वास-५ मा रहेको गौरीशंकर माध्यमिक विद्यालयको बाल कक्षा र एक कक्षाका ४२ जना विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री सहयोग गरेर मनाएका हुन् ।

बिद्यालय बन्द भएपनी पत्रकार जोशीले उक्त शैक्षिक सामाग्री आईतवार विद्यार्थीहरुलाई वितरण गरिदिन विद्यालयका प्रधानाध्यापक लोकबहादुर थापालाई हस्तान्तरण गरेका थिए ।

जन्मदिनमा अनावश्यक खर्च गर्नु भन्दा गरिब तथा जेहेन्दार बालबालिकालाई थाेरै मात्रामा भएपनि शैक्षिक सामाग्री सहयाेग गर्न सके बालबालिकालाई केही राहत मिल्ने पत्रकार जाेशीले बताए ।

उनले अरुलाई पनि यस्ता कार्यक्रममा हुने खर्च घटाएर सामाजिक सेवामा खर्च गर्न अनुराेध गरका छन ।

पत्रकार जोशीले सोही विद्यालयबाट कक्षा ४ देखि उच्च माध्यमिक तह सम्मको शिक्षा हासिल गरेका थिए ।