काँग्रेस महाधिवेशन : कञ्चनपुर- १ मा दिवान प्यानल विजयी,, क्षेत्रिय सभापतिमा उपाध्याय

काँग्रेस नेता बिष्टको प्यानलबाट क्षेत्रीय सभापतिका उम्मेदवार उपाध्यायको प्यानलले बिजय हात पारेको हो ।

२६७ मत ल्याएर सभापतिमा उपाध्याय बिजयी भएका हुन । उनका प्रतिद्वन्दी रमेश लेखक समुहका हरि चन्द ठकुरीले २२९ मत ल्याएका थिए ।

सचिव पदमा दिवान प्यानलका विश्राम राना ३४७ र पदम रोकाया २७३ मत ल्याएर बिजयी भएका छन् । प्रतिद्वन्द्वी लेखक प्यानलका एक मात्र सचिव पदका उम्मेदवार हरिप्रसाद भट्ट २२१ मत प्राप्त गरेका थिए ।

त्यसैगरी सह सचिवमा सुरेन्द्र राना २७० , हर्कबहादुर बिष्ट २६० मत ल्याएर बिजयी भएका छन् । लेखक प्यानलबाट सहसचिवमा उम्मेदवार बनेका तिर्थराज उपाध्यायले २१४ मत प्राप्त गरेका थिए ।

सोमबार सम्पन्न निर्वाचनमा जम्मा मत ५३४ रहेको ५२२ खसेको थियो ।