कांग्रेस कञ्चनपुरको सभापतिमा बोगटी प्रतिस्पर्धि थापा संग ६२ मतको अग्रता कायम,,कसले कती मत ल्याए

कञ्चनपुर- नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सभापतिमा पदम बोगटीले मतान्तर फराकिलो पार्दै पछिल्लो पटक अग्रता कायम राखेका छन् ।  मत गणना हुँदाको  परिणाम हेर्दा बोगटीले ४ सय ६९ मत प्राप्त गदै प्रतिस्पर्धि बहादुर सिह थापा संग अग्रता कायम राख्नु भएको छ ।
उनका प्रतिस्पर्धी  थापाले ४ सय ७ मत ल्याएका छन् । ६२ मत अन्तरले अग्रता बनाएका बोगटी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक समूह निकट हुन् । थापालाई एनपी साउद समूहले सघाएको थियो । सुरुवाती २ सय मत गणनामा थापाले ‘लीड’ गरेपनि त्यसपछि बोगटीले अग्रता बनाउदै आएका छन् ।
यिनीहरुको भने ८ सय मत गणना हुदाको परिणाम हो ।
 उपसभापतिमा शंकरबहादुर चन्दले ३ सय ९४, मीनबहादुर सिंहले ३ सय ९२, हरिचन्द्र रानाले ३ सय ८५ र दिवाकर पाण्डेयले ३ सय ६० मत प्राप्त गरे । सचिबमा सिद्धराज भट्टले ३ सय ७४, हेमराज ओझाले ३ सय ५४, भिमराज भट्टले ३ सय ६८, जनक धामीले ३ सय ५६ र तर्कराज भट्टले ७४ मत पाएका छन् ।
सहसचिवमा नाफुसिंह साउदले ३ सय ६४ पुष्कल चौधरीले ३ सय ५७, कबिराज भट्टले ३ सय ३०, हरिप्रसाद अधिकारीले ३ सय १६ र कलकबहादुर सिंहले १ सय ५६ मत प्राप्त गरेका छन् । कूल १ हजार ६ सय १८ मा १ हजार ५ सय ७१ मत खसेको थियो । ८ सय मत गणना भइसकेको छ । अब ७ सय ७१ मत गणना हुन बाँकी रहेको छ । कांग्रेस कञ्चनपुरमा ५२ पदका लागि ९५ जना उम्मेदवार चुनावी मैदामा उत्रिएका थिए ।