एमाले अध्यक्षमा दोस्रो पटक केपी शर्मा ओली निर्वाचित,,फराकिलो मतान्तारले रावल पराजित

काठमाडौँ – एमालेको १० औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । सर्वसम्मत हुने ओलीको आंकाक्षामा भीम रावलले चुनौती खडा गरेपछि उनी महाधिवेशनमा मंगलबार भएको मतदानबाट बहुमतले विजयी भएका हुन् । यो संगै ओली एमालेको अध्यक्षमा दोस्रो पटका विजयी हुनु भएको हो ।

चितवनको सौराहामा भएको मतगणनाको परिणामअनुसार अध्यक्षमा ओलीले १ हजार आठ सय ४० मत प्राप्त गर्नुभएको छ, भने रावलले दुई सय २३ मत ल्याउनुभएको हो ।

अध्यक्षमा ओलीलाई सर्वसम्मत गराउने निकै प्रयास भए पनि भीम रावलले उम्मेदवारी फिर्ता नलिएपछि चुनाव भएको थियो । चुनावमा ओलीले रावललाई ठूलो मतान्तरले हराउनुभएको हो ।

यही मङ्सिर १० गतेदेखि चितवनकाे साैराहामा सुरु महाधिवेशनमा दुई हजार एक सय ५३ प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेकाे थियाे ।

ओली दोस्रो पटक  एमाले अध्यक्षमा निर्वाचित हुनुभएको हो । यसअघि नवौँ महाधिवेशनमा पनि ओलीले माधवकुमार नेपाललाई हराएर अध्यक्ष जित्नुभएको थियो ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित हुनुभएको छ । तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।

महाधिवेशनको बन्द सत्रको पहिलो दिन यही मङ्सिर ११ गते अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई तीन सय एक सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यका उम्मेदवारको नामावली प्रस्तुत गर्न अधिकार दिएको थियो ।

अध्यक्ष ओलीले विभिन्न नेतासँगको परामर्शमा १२ गतेको बन्द सत्रमा नामावली प्रस्तुत गर्दा धेरैले सहमति जनाएकामा रावल, भुसाललगायतका नेताले अस्वीकार गरेपछि निर्वाचन भएको हो ।

नयाँ केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक आजै सौराहामा हुँदैछ ।