पूर्व माओवादीका तीन जना नेता एमालेको पदाधिकारी निर्वाचित

चितवन : नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनबाट पूर्वमाओवादीका तीन जना नेता पदाधिकारी निर्वाचित भएका छन्।  केपी ओलीको प्रस्तावित सूचीमा रहेका रामबहादुर थापा बादल, लेखराज भट्ट र टोपबहादुर रायमाझी विजयी भएका हुन्।

बादल उपाध्यक्ष तथा भट्ट र रायमाझी सचिव पदमा निर्वाचित भएका हुन्। ६ जना उपाध्यक्ष चाहिनेमा बादल छैटौं नम्बरमै निर्वाचित भएका हुन्।

यसअघि घनश्याम भुसालको उम्मेदवारीले वादल पराजित हुन सक्ने आशंका पनि गरिएको थियो।  सात जना आवश्यक सचिव पदमा भट्ट पाँचौं र रायमाझी छैठौं नम्बरमा विजयी भए । सचिवमा पनि पूर्वमाओवादी नेता दुई जना उठेकामा भीम आचार्य र टंक कार्कीको उम्मेदवारीले संशय उत्पन्न भएको थियो।

तत्कालीन नेकपा फुटेका बेला केपी ओलीलाई साथ दिएका पूर्वमाओवादी नेताहरु चुनाव जितेरै पदाधिकारी बनेका छन्।