बेलडाँडीमा खुणा प्रहारबाट स्थानिय एक जना सख्त घाईते

रमेश प्रसाद भट्ट/ कञ्चनपुर – जिल्लाकाे बेलडाँडी गाउपालिकामा स्थानिय एक व्यक्ति माथि खुणा प्रहार हुदा सख्त घाईते भएका छन् । मंगलबार दिउसाे बेलडाँडी गाउँपालिका वडा नम्बर-५ का रत्नलाल सार्की माथि खुणा प्रहार हुदा सख्त घाईते भएका छन् ।

बेलडाँडी- २ का स्थानिय राजन दमाईले सार्की माथि खुणा प्रहार गरेका हुन । प्याज बेचेर घर फर्कने क्रममा विना कुनै कारण उनी माथि खुणा प्रहार भएकाे उनका अाफन्तले बताए । क्याम्पबाट दुई सय मिटर टाढा बेलाैरी तर्फ नहरकाे बाटाेमा साे घटना घटेकाे हाे ।

घाईते सार्किकाे शरिरका विभिन्न ठाउमा खुणा प्रहारबाट चाेट लागेकाे छ । खुणा प्रहार गर्ने दमाईलाई घटना लगतै बेलडाँडी प्रहरीले पक्राउ गरेकाे छ ।

घाईतेलाई घटना स्थलबाट बेलडाँडी प्रहरीले उपचारका लागि स्वास्थ्य केन्द्र बेलडाँडीमा पुर्याएकाे थियाे । घाईते सार्किलाई प्रथमिक स्वास्थ्य केन्द्र बेलडाँडीबाट थप उपचारका लागि धनगढी स्थित माया मेट्राे अस्पतालमा उपचार भई रहेकाे ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रमुख प्रहरी निरिक्षक रबिन्द्र कठायतले बताउनु भयाे ।

खुणा प्रहार गर्नेमाथि कानुन बमाेजिम कार्वाहिका लागि ईलाका प्रहरी कार्यालय बेलडाँडीकाे नियन्त्रणमा राखिएकाे छ ।