एमाले कञ्चनपुरको पदाधिकारीमा सुरेन्द्र बिष्टको प्यानल नै निर्वाचित

कञ्चनपुर – नेकपा (एमाले) कञ्चनपुरको आठौँ अधिवेशनबाट जिल्ला कमिटी पदाधिकारीमा अध्यक्ष सुरेन्द्र बिष्टको प्यानल नै निर्वाचित भएको छ ।

बुधबार राति सम्पन्न पदाधिकारीको मतगणना अनुसार अध्यक्षमा सुरेन्द्र बिष्ट २८१ मत सहित निर्वाचित हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी वीरबहादुर थापाले १८३ मत मात्रै प्राप्त गर्नुभयो । त्यस्तै उपाध्यक्षमा लक्ष्मी बुढा निर्वाचित हुनु भएको छ ।

उहाँले २५४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी महेश प्रसाद पन्तले २०५ मत मात्रै प्राप्त गर्नुभयो ।

आठौँ जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सचिवमा पल्लवराज भट्ट निर्वाचित हुनु भएको छ । उहाँले सचिव पदका अर्का उम्मेदवार अशोक कुमार चन्दलाई ७ मतले पराजित गर्नु भएको हो ।

सचिवमा निर्वाचित पल्लवराज भट्टले २३३ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वी अशोक कुमार चन्दले २२६ मत प्राप्त गर्नुभएको छ ।

जिल्ला कमिटी उपसचिवमा ३४७ मत सहित कर्ण बहादुर चन्द र २९६ मत सहित फैरु तामाङ निर्वाचित हुनु भएको छ ।

प्रतिद्वन्द्वी शेर बहादुर चन्दले १९७ मत मात्रै प्राप्त गर्नुभएको छ । जम्मा ४९९ जना मतदाताहरू मध्ये ४७० जनाले मतदान गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।