बेलडाँडी एमाले भुगोलबाट थापा, बिष्ट र महिला भट्ट जिल्ला सदस्यमा निर्वाचित

कञ्चनपुर – नेकपा एमाले कञ्चनपुरको ८ औ  जिल्ला अधिवेशनकाे सदस्य तर्फकाे मत परिणाम सकिएकाे छ । भुगोल पुरूष तर्फ भिम बहादुर थापा, वीर बहादुर बिष्ट र महिला तर्फबाट लक्ष्मी भट्ट निर्वाचित भएका छन् ।

थापाले २४७, बिष्टले २२३ र भट्टले ३१० मत प्राप्त गर्दै बिजय भईका हुन ।

यस्तै प्रतिस्पर्धि सदस्य पदका उम्मेदवार अक्कल बहादुर बिष्ट १८६, कृष्णकुमार रोकायाले १६१ र महिला बसन्ती जैशीले १११ मत प्राप्त गर्दै हार बेहोर्नु परेको थियो ।