बेलडाँडी प्रहरीद्वारा “तपाईकाे मास्क खाेई ?” अभियान

रमेश प्रसाद भट्ट/कञ्चनपुर – ईलाका प्रहरी कार्यालय बेलडाँडीले पछिल्लो समयमा काेराेना भाईरसकाे संक्रमण बढन थालेकाले मस्क लगाई सुरक्षित रहन अनुराेध गर्दै “तपाईकाे मास्क खाेई ?” अभियान थालेकाे छ ।

शुक्रबार विहान सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ईलाका प्रहरी कार्यालय बेलडाँडीको आयोजनामा बेलडाँडी- २ क्याम्पमा बेलडाँडी प्रहरी प्रमुख प्रहरी निरीक्षक रबिन्द्र बहादुर कठायतकाे नेतृत्वमा बाटाेमा अावत जावत गर्ने यात्रीहरूलाई मास्क लगाउनु अनुराेध गर्दै मास्क वितरण समेत गरेकाे बेलडाँडी प्रहरीले जनाएकाे छ ।

प्रहरी निरिक्षक कठायतका अनुसार “प्रहरीकाे नियमित कार्यक्रम अन्तरगत साे काेराेना भाईरसकाे संक्रमणकाे दर बढन थालेकाले साे अाफु पनि बच्न अरूलाईपनि बचाउन मस्क प्रयाेग गरी सुरक्षित रहन बेलडाँडी प्रवेश गर्ने र बाहिरिने यात्रु र सर्वसाधरणलाई सचेतना मुलक कार्यक्रम गरी मास्क वितरण गरिएकाे बताउनु भयाे ।”

साे कार्यक्रममा बेलडाँडी गाउंपालिकाका स्थानिय जनप्रतिनिधी, पत्रकार र सर्ब साधारणको उपस्थितीमा कार्यक्रम सम्पन्न भएकाे प्रहरी निरिक्षक कठायतले बताए ।
यस्तै उनले प्रहरीले निरन्तर रूपमा यस्ता कार्यक्रमहरू गरिरहने कार्ययाेजना रहेकाे समेत बताउनु भयाे ।