बेलडाँडीमा रेविज विरूद्वकाे नि:शुल्क खाेप सेवा विस्तार

रमेश प्रसाद भट्ट/कञ्चनपुर-  जिल्लाकाे बेलडाँडी गाउँपालिकाकाे प्राथमिक स्वस्थ केन्द्र बेलडाँडीमा रेविज विरूद्वकाे नि:शुल्क खाेप सेवा विस्तार गरिएकाे छ ।

विहिवार एक कार्यक्रमका माझ बेलडाँडी गाउपालिका प्रमुख हरिश्चन्द्र राना, उप-प्रमुख शान्ति नाथ, व्यवस्थापन समिति अध्यक्ष नारदसिह उर्याल, प्रवक्ता गज बहादुर विष्टकाे उपस्थितिमा प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरूद्वकाे ३ जनालाई खाेप लगाएर शुरूवात गरिएकाे हाे ।

बेलडाँडीमा अहिले सम्म रेविज खाेप सेवा नहुदा स्थानियले बेलाैरी जानू पर्ने बध्यताकाे अन्त भएकाे छ ।

सामान्य उपचारका लागि पनि बेलडाँडीका स्थानियले अहिले पनि अन्त धाउनु पर्ने बाध्यता भने कायमै रहेका बेला नि:शुल्क रेविज खाेप सेवा शुरू भएपछि स्थानियलाई केही हद भए पनि राहात भएकाे छ ।

रेविज विरूद्व लगाईने Abhayrab खाेपकाे एउटा भ्वाईललाई २२ सय हाराहारि रकम पर्ने गरेकाे प्रा.स्वा.केन्द्रका डाक्टर रवि राेकायाले बताउनु भयाे ।

उहाँका अनुसार एउडा भ्वाईलले १० जनालाई डाेज दिन सकिने बताउदै एउटा सिसि खाेलेमा ६ घण्टा सम्म मात्र रहने हेनाले विरामि कमि भएमा भ्वाईल खेर जाने सम्भावना बढि रहन्छ ।

रेविज खाेप किन्न गाउपालिकाले वेहाेर्ने गरी व्यवस्थापन गरीएकाे गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र रानाले बताउनु भयाे ।

उहाले भने ” हामिले गाउपालिकाकाे विपद काेषमा रकम राखेका छाै, त्यहिबाट खर्च व्वस्थापन हुने गरी
बजेट निर्धारण गरीएकाे बताए ।”

अहिले सम्म बेलडाँडीका जनताले सामान्य रेविजकाे उपचार नपाएर बेलाैरी, धनगढी महेन्द्रनगर धाउनु पर्ने बाध्यता थियाे उनले भने अब त्याे अन्त्य भएकाे उहाँले बताउनु भयाे ।

यस्तै उपाध्यक्ष शान्ति नाथले अब बेलडाँडीका जनताले कुकुरले टाेकेमा वा रेविजकाे विरामि भएमा बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क सेवा लिन सकिने बताए ।