बेलडाँडीका काँग्रेस युवानेता निश्चलको दोहोरो चरित्र स्वार्थपुरा नहुँदा नेता विष्ट र उपाध्यायमाथि घात, फाईदालिन चाकरी

कञ्चनपुर, १४ साउन- नेपाली काँग्रेस बेलडाँडीका युवा नेता गोकर्ण प्रशाद जोशी उफ्र निश्चिल जोशीले आफ्नै पार्टीका नेताप्रति दोहोरो चरित्र देखाएका छन ।

निजी स्वार्थ पुरा नहुँदा काँग्रेस नेता एव संविधान सभा सदस्य दिवान सिह विष्ट र काँग्रेस क्षेत्रीय सभापति गोपी प्रशाद उपाध्यायमाथि घात गर्दै आएका जोशी अहिले चाकरीमा उत्रिएका छन ।

गत बैशाखमा स्थानीय तह निर्वाचनका बेला बेलडाँडी उपप्रमुखमा आफ्नी आमा राधिकादेवी जोशीलाई टिकट नदिएको रिसिईबीमा आफ्नै नेता दिवान र गोपी बिरुद्धमा तथानाम संगिन आरोप लगाउँदै आएका जोशी चार महिनापछि उनै नेताको चाकरीमा उत्रिएका छन ।

यती मात्र नभई दिवान र गोपीले टिकट नदिएको आरोपमा ०७० सालमा सम्पन्न भएको दोस्रो संविधान सभा सदस्य निर्वाचनबाट काँग्रेस नेता दिवान विष्ट निर्वाचित भएपनि क्षेत्र नम्बर- १ मा सिन्को नभाचेको र ०७४ सालमा माओवादी नेतृ बिना मगरले थुप्रै काम गरेको भन्दै आफ्ना नेता बिरुद्धमा घात र माओवादी नेतृको प्रसंसामा उत्रिएका थिए ।

वैचारिक रुपमा आफुलाई काँग्रेस भन्ने आफ्ना निजी स्वार्थ पुरा नहुँदा आफ्नै नेतामाथि संघीनआरोप र गिरोहकै संज्ञा दिदै आएका थिए ।

जोशीले २५ अप्रेसलमा समाजिक सञ्जाल एक स्टाटास लेख्दै दिवान विष्ट र गोपी उपाध्याय बिरुद्धमा गिरोहकै संज्ञा दिदै आरोप लगाएका छन ।

जोशीले दिवान र उपाध्यायको पक्षमा आफुले आजको दिनसम्म विभिन्न माध्यमबाट व्यक्त गरेका आदर श्रद्धा र सम्मानयुक्त अभिव्यक्तिहरुप्रति क्षमायाचना व्यक्ति गर्दै उक्त अभिव्यक्तिहरु फिर्ता लिएको घोषणा गर्दै मेरी आमालाई पटक पटक चरम अपमान गर्ने गिरोहले कृपया मेरो आँगनमा टेकेर मेरो आँगन अपवित्र नगरिदिन आग्रह गरेका थिए ।

दिवान र गोपीले आफ्नो आँगनमा टेक्दा आँगन अपवित्र हुने घोषणा गरेको तीनै जोशीले १२ साउनमा दुवै नेतालाई आफ्नै घर नजिक गाँउमा बोलाएर जन्मदिनको प्रपञ्च रच्दै आफ्नो निजी स्वार्थपूर्तिका लागि नेतामाथि चाकरी गरेका छन ।

चार महिना अघि दिवान र गोपीलाई गिरोहको संज्ञा सहित आफ्नो आँगनमा टेक्दा अपवित्र बनाउने घोषणा गरेका जोशीले चार महिनापछि आफ्नो निजी स्वार्थका लागि चाकरीमा उत्रिएका छन । काँग्रेस स्रोतका अनुसार निजी फाईदाका लागि दिवान विष्टको चाकरीमा उत्रिएका छन ।

आफ्नै नेता दिवान विष्टका बिरुद्धमा बहुविवाह देखि अनेकन आरोप लगाउँदै आएका जोशीले साधारण जिवनशैली भन्दै चाकरीमा उत्रिएका छन ।

माओवादी नेतृ एव क्षेत्र १की संसद बिना मगरप्रति अर्थात महिलाको अपमान हुनेगरी स्टाटस राख्दै आएका उनी आफुलाई बेलडाँडीको समाजिक भन्दै स्वघोषित गर्नेले विकासको मारेमा चुईक्क समेत बोल्न सकेका छैन ।

बेलडाँडीको बृद्धि विकास एव समस्या बारे चुईक्क नबोल्नेतर, निजी कामका लागि आफ्नै नेतामाथि घात गर्ने कुनैबेला स्वार्थपुरा भए जयजयकार गर्ने फरक विचारमाथि राम्रो काम गर्दा गर्दै अपमान गर्ने प्रवृतिका जोशी आफुलाई सच्चा काँग्रेस हुँ भन्न थालेपछि अन्य काँग्रेस नेता कार्यकर्ता उनको खिल्ली उडाउँदैछन । दोहोरो चरित्रबारे उनीसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।